काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीसहित १४ जनाविरुद्ध पर्साबाट पनि पक्राउ पुर्जी जारी भएको छ।
वीरगञ्जको सानो पाइला सहकारीको रकम गोर्खा मिडियामा ल्याएर अपचलन गरेको आरोपमा उनीहरुविरुद्ध अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय पर्साले अदालतबाट पक्राउको अनुमति लिएको हो।
यो सहकारीका पूर्वसंञ्चालक तथा संरक्षक जीबी राई हुन्। तत्कालिन वीरगन्ज उपमहानगरपालिकाको ८, १३, १४, १८ र १९ नम्बर वडा कार्यक्षेत्र रहेको सानो पाइला सहकारीले करिब ८ सय बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँ बचत जम्मा गरेको थियो।
यसअघि बुटवलको सुप्रिम, पोखराको सूर्यदर्शन, काठमाडौँको स्वर्णलक्ष्मी र चितवनको सहारा सहकारीको ठगी आरोपमा पनि अनुसन्धान भइरहेको छ।
लामिछानेलाई अहिले चितवन लगेर प्रहरीले बयान लिइरहेको छ। यसअघि लामिछानेलाई र छविलाई बुटवल, पोखरा र काठमाडौँमा सहकारी ठगीको आरोपमा बयान लिइएको थियो।
पोखरा, बुटवल र चितवनमा पुरक जाहेरीपछि अनुसन्धान भइरहेको हो। यस्तै काठमाडौँमा पनि अनुसन्धान चलिरहेको छ। अब पर्सामा पनि दोस्रो चरणको अनुसन्धान अगाडी बढ्ने भएको हो। जिबिविरुद्ध यसअघि नै मुद्दा दर्ता भएर उनी फरार छन्।
प्रतिक्रिया