काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई)को समझदारीका बेलामा ऋणसम्बन्धी कुनै कुरा नभएको बताउनु भएको छ।
चारदिने चीन भ्रमण पूरा गरी स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा पत्रकारले सोधेको प्रश्नमा प्रधानमन्त्री ओलीले विआरआई अन्तर्गतका परियोजना ऋण लिने सम्झौता नगरेको बताउनु भएको हो।
‘अहिले हामीले जे प्राप्त गरेका छौं। त्यो ऋण होइन भन्ने कुरा धेरैपटक भनिएको छ। अब धेरै दोहोर्याउन नपरोस् भन्ने मेरो आग्रह छ। ऋण होइन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘ऋण सम्बन्धी कुरा पनि चलेको छैन। फेरि ऋणको कुरा कहाँबाट आउँछ ? सधैं ऋण–ऋण–ऋण यो रट किन साह्रै बजिरहेको छ ? होइन भनेर हामीले पटकपटक भनेका छौं। सञ्चार माध्यमहरूले पनि हाम्रा भनाइलाई क्यारी गरेका छन्।’
प्रधानमन्त्री ओली आफ्नो चीन भ्रमणका क्रममा राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री लीगायतसँगको छुट्टाछुट्टै भेटवार्ता भएको भन्दै ती भेटवार्तामा दुई पक्षीय हितका बारेमा कुराकानी भएको बताउनुभयो।
प्रतिक्रिया