काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणबाट फर्के लगतै सत्ता साझेदार नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्नुभएको छ।
प्रधानमन्त्री ओलीले बिहीबार बेलुकी सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको विषयमा कांग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहालसँग छलफल गर्नुभएको हो।
छलफल सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानबिन आयोगको पदाधिकारी चयनका विषयमा केन्द्रित थियो । तर छलफलमा ठोस सहमति नभएको एक स्रोतले जानएको छ। दुवै आयोगको पदाधिकारी छनोट तथा सिफारिस समितिमा संस्थागत र व्यक्तिगत गरी १५६ जनाको आवेदन परेको छ। तीमध्येबाट आज संक्षिप्त सूची सार्वजनिक गर्ने तयारी छ। त्यसका लागि समितिको बैठक आज दिउँसो २ बजे बोलाइएको छ ।
प्रतिक्रिया