काठमाडौं-नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक मंसिर २४ गते सोमबार बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बोलाइएको हो।
केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा उपनिर्वाचनको समीक्षा र प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा भएको बीआरआई लगायतका सम्झौताको विषयमा समीक्षा हुने बताइएको छ।
प्रतिक्रिया