अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लोकतान्त्रिक आदिवासी जनजाति महासंघको केन्द्रीय विभाग प्रमुखको पहिलो बैठक

लोकतान्त्रिक आदिवासी जनजाति महासंघको केन्द्रीय विभाग प्रमुखको पहिलो बैठक


काठमाडौं-नेकपा एमाले सम्बद्ध लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल केन्द्रीय विभागको प्रमुखहरुको पहिलो बैठक काठमाडौंको मध्यबानेश्वरमा सम्पन्न गरेको छ।

महासंघ अध्यक्ष पासाङ शेर्पाको अध्यक्षता तथा स्थायी कमिटी सदस्य एवं लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालका इन्चार्ज थममाया थापा मगरको प्रमुख आतिथ्यतामा २०८१ मंसीर २१ गते सम्पन्न गरेको हो। बैठकमा महासंघ केन्द्रीय विभागका प्रमुखहरुको सहभागिता रहेको थियो।

आज बसेको लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल केन्द्रीय विभागका प्रमुखहरुको पहिलो बैठकले विभिन्न प्रस्तावहरुमाथि छलफल गरी निर्णय पारित गरेको महासंघका महासचिव देवराज राईले जानकारी दिनुभयो। महासचिव राईले भन्नुभयो, ‘२०८१ कात्तिक २२ गते महासंघको १३औं बैठकले पदाधिकारी र केन्द्रीय सदस्यहरुको कार्यविभाजन तोकेको थियो। सोही कार्यविभागन अनुसार कार्यन्वयन गर्न/गराउनका निम्ति आज केन्द्रीय विभाग प्रमुखहरुको बैठक बसेको हो।’

लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको अन्तर्ग सबै जातिय घटक संघका अध्यक्ष तथा सदस्यहरु, प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरु, जिल्ला कमिटीका अध्यक्ष तथा सदस्यहरुलाई कार्यविभाजनको सूचि पठाइसकेको महासचिव राईले बताउनुभयो।

साथै लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल महिला राष्ट्रिय भेला मंसिर २८ र २९ गते काठमाडौंमा भब्य रुपमा सम्पन्न गर्न गइरहेकाे महासचिव राईले बताउनुभयाे। महासचिव राईले भन्नुभयो, ‘महासंघको केन्द्रीय विभाग प्रमुखहरुको आज बसेको बैठकले मंसिर २८ र २९ गते गर्न गइरहेकाे लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल महिला राष्ट्रिय भेलालाई भव्य र सभ्य रुपमा सफल बनाउनका निम्ति सबै कमिटीलाई परिचाल गर्ने निर्णय गरेका छौं।’