अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओली आज गृह जिल्ला झापा जाँदै, ‘दमक बिजनेस कम्प्लेक्स’ उद्घाटन लगायत ६ वटा कार्यक्रममा सहभागी हुनुहुने

प्रधानमन्त्री ओली आज गृह जिल्ला झापा जाँदै, ‘दमक बिजनेस कम्प्लेक्स’ उद्घाटन लगायत ६ वटा कार्यक्रममा सहभागी हुनुहुने

आज दमकमा हुने विशाल आमसभालाई सम्बोधन गर्नुहुने


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओली दुई दिने गृह जिल्ला भ्रमणका लागि आज झापा जाँदै हुनुहुन्छ। जिल्लामा आयोजना गरिने विभिन्न कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री झापा जान लाग्नु भएको हो।

मंसिर २३ र २४ गते झापामा आयोजना हुने कार्यक्रमहरुमा  सहभागी हुनुहुने प्रधानमन्त्री ओलीलाई जिल्लामा भव्य स्वागतको तयारी गरिएको नेकपा एमाले झापाका अध्यक्ष प्रेम बहादुर गिरीले जानकारी दिनुभयो। उहाँका अनुसार जिल्लामा मुख्य कार्यक्रम दमक विजनेश टावरको उद्घाटन रहेको छ। जिल्लामा दमक विजनेश टावरको कार्यक्रमलाई भव्य र अन्य सबै कार्यक्रमहरुलाई भव्य रुपमा सम्पन्न गर्न पार्टीको तर्फबाट आवश्यक तयारी पूरा भएको अध्यक्ष गिरीको बताउनुभयो।

झापा भ्रमणमा आउने प्रधानमन्त्री ओलीलाई भव्य रुपमा स्वागत गर्दै हरेक कार्यक्रमहरुमा पार्टी कार्यकर्ताहरुको उपस्थिति गराइने जनाइएको छ।

एमाले झापाका सचिव तुलसी कार्कीले कार्यक्रम तालिका अनुसार आज दिउँसो १२ बजे मेचीनगर-४ स्थित मानबसेवा आश्रममा भवनको शिलान्यास तथा उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। त्यसपछि साढे १ बजे दमक-३ स्थित नबनिर्मित बिजनेस टावरको समुद्घाटन गर्ने कार्यक्रम रहेको सचिव कार्कीले जानकारी दिनुभयो।

यस्तै, दोस्रो दिन भोलि २४ गतेको पहिलो कार्यक्रम १० बजे बेलडागी खानेपानी उद्घाटन गर्ने रहेको छ। ११ बजे गौरादह नगरपालिका अन्तर्गत महारानी झोडा (स्कुलचौन) मा जग्गाधनीपुर्जा बितरण, १२ः३० बजे गौरादह बजारमा ताजपुरिया समाजको भेलालाई सम्बोधन गर्दै बिर्तामोड फर्किने कार्यक्रम रहेको छ।

बिर्तामोडमा २ बजे सिटी सेन्टरमा पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्ने सचिव कार्कीले जानकारी दिनुभयो।
प्रधानमन्त्री ओलीको झापा भ्रमणलाई सफल बनाउन नेपाली कांग्रेस र एमालेबीच छलफल भएको थियो। जिल्लास्थित सत्ता संयन्त्रले भ्रमणलाई सफल बनाउदै जिल्लाको साना ठूला योजना पेश गर्ने बताइएको छ।