झापा-कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दमक व्यापारिक कम्प्लेक्सले रोजगारी सिर्जना र पर्यटन प्रवरद्धनमा उल्लेख्य टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ।
व्यापारिक कम्प्लेक्सको उद्घाटन कार्यक्रममा आज उहाँले उद्योगी–व्यापारीहरूबाट यहाँ व्यापार-व्यवसाय सञ्चालनका लागि अनौपचारिक प्रस्ताव आउन थालिसकेकाले सयौँ युवाले रोगजारी पाउने बताउनुभयो। ‘बजारमा यस कम्प्लेक्सका बारेमा गलत प्रचार भए पनि यहाँको विकासले त्यसको जवाफ दिनेछ। यसको सञ्चालनले दमक र प्रदेश मात्रै होइन, समग्र देशलाई नै आर्थिक विकासमा लाभ पुग्नेछ। त्यसैले प्रदेश सरकारले कम्प्लेक्स सञ्चालनका लागि प्राथमिकता दिएको छ’, मुख्यमन्त्री कार्कीले भन्नुभयो।
कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापाले पनि कम्प्लेक्सबाट बढीभन्दा बढी लाभ लिने गरी व्यवस्थापन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले नेपाली कांग्रेस र नेकपा एमाले नेतृत्वको वर्तमान सरकारले देशको राष्ट्रिय आवश्यकता पूर्ति एकताबद्ध भएर काम गर्नुपर्ने बताउनुभयो।
दमक नगरप्रमुख रामकुमार थापाले स्थानीय, प्रदेश तथा सङ्घीय सरकारको सहकार्य भएमात्र विकास र समृद्धिको लक्ष्यमा पुग्न सकिने धारणा राख्नुभयो।
प्रतिक्रिया