काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण, बीआरआई सम्झौता र स्थानीय तह उपनिर्वाचन लगायतका विषयमा समीक्षा गर्नका निम्ति एमालेको सचिवालय बैठक सुरु भएको छ।
ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा केही समय अघि एमाले सचिवालय बैठक सुरु भएको हो।
सचिवालय बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण, बीआरआई सम्झौता, स्थानीय तह उपनिर्वाचन तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने एमालेले जनाएको छ।
प्रतिक्रिया