अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओलीद्वारा आफूले आधारभूत शिक्षा लिएको विद्यालयको भवन उद्घाटन (तस्वीरहरू)

प्रधानमन्त्री ओलीद्वारा आफूले आधारभूत शिक्षा लिएको विद्यालयको भवन उद्घाटन (तस्वीरहरू)


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले प्रारम्भिक शिक्षा लिएको प्रणामी माध्यमिक विद्यालयको नवनिर्मित भवनको आज उद्घाटन गर्नुभएको छ।

तेह्रथुमको आठराई गाउँपालिका-४ इवामा रहेको उक्त विद्यालयमा निर्माण भएको १८ कोठे भवन आज प्रधानमन्त्री ओलीले रिबन काटेर उद्घाटन गर्नुभएको हो।

यस क्रममा प्रधानमन्त्री ओलीले विद्यालयका विद्यार्थी, शिक्षक, स्थानीय लगायतसँग अन्तरक्रियासमेत गर्नुभएको छ। प्रधानमन्त्री ओलीले यस विद्यालयमा कक्षा-३ सम्म अध्ययन गरेको विद्यालयका प्रधानाध्यापक अमृतबहादुर बुढाथोकीले जानकारी दिनुभयो।

प्रधानमन्त्री ओली नवनिर्मित १८ कोठे पक्की भवनको उद्घाटन गर्नका निम्ति हेलिकप्टरमार्फत आज बिहान तेह्रथुम पुग्नभएको हो।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की लगायत नेकपा एमाले र कांग्रेसका नेताहरुले इवामा प्रधानमन्त्री ओलीको स्वागत गर्नुभएको थियो।

प्रधानमन्त्री ओलीले सोही ठाउँमा रहेको तेह्रथुम बहुप्राविधिक शिक्षालयको पनि अवलोकन गर्नुहुनेछ।

स्कूल भवनको निर्माण दक्षिण कोरियाको युम होङ गिल ह्युम्यान फाउन्डेशन, कोरियाको रु.४ करोड ४९ लाख ६० हजार, कोशी प्रदेश सरकारबाट रु.२१ लाख ४० हजार र आठराई गाउँपालिकाको रु.६९ लाखको साझेदारीमा निर्माण भएको हो। फाउन्डेशनको उच्च लगानीमा बनेको भवन सबैपक्षको सहयोग गरी कुल रु.५ करोड ५० लाख हाहारीमा तयार भएको विद्यालयका प्रअ अमृतबहादुर बुढाथोकीले जानकारी दिनुभयो। उहाँले नयाँ भवन निर्माणसँगै विद्यालयलाइ गुणस्तरीय शिक्षा प्रदान गर्न थप सुविधा भएको बताउनु भयो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीम घिमिरेका अनुसार पुरानो भवनमा पठनपाठन गर्न समस्या भएपछि प्रधानमन्त्री ओलीलाई विद्यालयले बजेटको पहल गरिदिन आग्रह गरेको थियो । प्रधानमन्त्री ओलीकै आग्रहका युम होङ गिल ह्युमन फाउण्डेसन दक्षिण कोरियाले मुख्य लगानी गरेपछि भवन निर्माण भएको घिमिरेले बताउनु भयो।

कार्यक्रममा नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क ते योङ, युम होङ गिल ह्युमन फाउण्डेसनका पार्क यु सुन लगायतको उपस्थिति रहेको थियो ।

प्रधानमन्त्री ओली २००८ साल फागुन ११ गते तेह्रथुमकै आठराईस्थित इवामा जन्मिएका हुन्।

तस्वीरहरुः प्रधानमन्त्री सचिवालय/रासस