अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशलाई स्थितरता दिन कांग्रेस-एमाले मिलेर सरकार बनाएका हौं: प्रधानमन्त्री ओली

देशलाई स्थितरता दिन कांग्रेस-एमाले मिलेर सरकार बनाएका हौं: प्रधानमन्त्री ओली


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई स्थितरता र सुशासन दिनका लागि कांग्रेस र एमाले मिलेर सरकार बनाएको बताउनुभएको छ।

तेह्रथुम जिल्लाको आठराई गाउँपालिका-४ इवामा प्रणामी माध्यमिक विद्यालयको भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताउनुभएको हाे।

प्रधानमन्त्री ओलीले आफू प्रधानमन्त्री भएपछि देश अगाडि हिँड्न थालिसकेको दाबी गर्नुभयो। उहाँले भन्नुभयो, ‘देशको अप्ठेरो बुझेर इतिहास बोकेको जिम्मेवार राजनीतिक दलहरु कांग्रेस र एमाले मिलेर सरकार बनाएका छौं। देशलाई स्थितरता र सुशासन दिन मिलेका हौं।’

उहाँले आफू प्रधानमन्त्रीबाट हट्नासाथ देश अप्ठेरो स्थितिमा पुगेको स्मरण पनि गराउनुभयो।

प्रधानमन्त्री ओली नवनिर्मित १८ कोठे पक्की भवनको उद्घाटन गर्नका निम्ति हेलिकप्टरमार्फत आज बिहान तेह्रथुम पुग्नभएको हो। यस क्रममा प्रधानमन्त्री ओलीले विद्यालयका विद्यार्थी, शिक्षक, स्थानीय लगायतसँग अन्तरक्रियासमेत गर्नुभएको छ। प्रधानमन्त्री ओलीले यस विद्यालयमा कक्षा-३ सम्म अध्ययन गरेको विद्यालयका प्रधानाध्यापक अमृतबहादुर बुढाथोकीले जानकारी दिनुभयो।

दक्षिण कोरियाको युम होङ गिल ह्युमन फाउण्डेसनको सहयोगमा निर्मित उक्त भवनको हालै निर्माण सम्पन्न भएको हो। भवन निर्माणमा उक्त फाउण्डेसनले रु.४ करोड ४९ लाख ६० हजार, कोशी प्रदेश सरकारले रु.२१ लाख ४० हजार र आठराई गाउँपालिकाले रु.६९ लाख लगानी गरेका छन्। पुरानो भवनमा पठनपाठन गर्न समस्या भएपछि प्रधानमन्त्री ओलीलाई विद्यालयले बजेटको पहल गरिदिन आग्रह गरेको थियो।

प्रधानमन्त्री ओलीकै आग्रहका युम होङ गिल ह्युमन फाउण्डेसन दक्षिण कोरियाले मुख्य लगानी गरेपछि भवन निर्माण भएको घिमिरेले बताउनुभयो। कार्यक्रममा नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क ते योङ, युम होङ गिल ह्युमन फाउण्डेसनका पार्क यु सुन लगायतको उपस्थिति रहेको थियो।