काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइने भएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई म्याद थपका लागि अदालत उपस्थित गराउन लागिएको हो।
सहकारी ठगी प्रकरणमा २०८ १ कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका रविलाई पछिल्लो पटक थपिएको ४ दिनको म्याद आज सकिने भएकाले पुनः म्याद थपका लागि अदालत उपस्थित गराउन लागिएको हो।
लामिछानेबारे अनुसन्धान सकेर कास्की प्रहरी प्रतिवेदनको तयारीमा जुटेको छ। एक–दुई दिनमै अनुसन्धान प्रतिवेदन बुझाउने प्रहरीको तयारी छ। लामिछानेविरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र सङ्गठित अपराध गरेको कसुरमा मुद्दा दायर गर्न सकारी वकिललाई रायसहितको प्रतिवेदन बुझाउने भएको छ।
प्रतिक्रिया