अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कमलादीको कलभर्ट उद्घाटन, यातायात बन्यो सहज

कमलादीको कलभर्ट उद्घाटन, यातायात बन्यो सहज


काठमाडौं-काठमाडौंको कमलादीस्थित टुकुचा खोलामा क्षतिग्रस्त बनेको कलभर्ट निर्माण पूरा भई सो खण्डमा यातायात आवागमन सहज बनेको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले उक्त कलभर्टकको उद्घाटन गर्नु भएको हो। ४.८४ मी.लामो र १२ मिटर चौडा उक्त कलभर्ट भत्किँदा संघीय राजधानी काठमाडौको व्यस्ता कमलादी क्षेत्रमा सवारी आवागमनमा समेत समस्या भएको थियो। व्यस्त र जरुरी महत्वको स्थान भएकै कारण सडक विभागले तिव्रताका साथ सो स्थानमा काम गराएको विभागका महानिर्देशक रामहरी पोखरेलले जानकारी दिनुभयो।

काठमाडौ व्यस्त क्षेत्र कमलादीको उक्त कलभर्ट गत साउन २३ गते रातिको बाढीले क्षतिग्रस्त बनेको थियो। त्यस लगत्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्राविधिकहरु परिचालन गरि विस्तृत अध्ययन गराएको थियो। प्राविधिक तथा विज्ञहरुले क्षतिग्रस्त कलभर्ट रहेको खण्डमा यातायात सञ्चालनमा रोक लगाएका थिए। त्यस लगत्तै मन्त्री देवेन्द्र दाहाल सहितको टोलीले उक्त स्थानको निरीक्षण गरि अविलम्ब पुननिर्माण गर्न निर्देशन दिएको थियो।


मन्त्री दाहालको निर्देशन पश्चात पुन साउन २८ गते विज्ञहरुले निरीक्षण गरि भोलिपल्टनै लागत अनुमान तयार पारि स्विकृत गरिएको थियो । सडक डिभिजन कार्यालय काठमाडौले गत असोज १८ गते ४९ लाख ६३ हजार रुपैयाँमा उक्त कलभर्ट निर्माणका लागि डिजी प्रकाश कन्ट्रक्सनलाई ठेक्का दिएको थियो । तर ठेक्का लगत्तैको अविरल वर्षा र बाढीले पुनः काममा अवरोध गरेको थियो । काठमडौ डिभिजनका प्रमुख नारायणदत्त भण्डारीका अनुसार बाढीका कारण काम हुन नसके पछि मंशिर १७ गते सम्पन्न गर्ने गरि कातिक ३ गतेबाट काम शुरु भएको थियो ।

राणकालमा निर्मित उक्त कलभर्ट पुरातात्विक महत्वको हुन सक्ने भन्दै पुरातत्व विभागले समेत चासो देखाएको थियो । जसका कारण विभागसँग सहमति लिनु पर्ने प्रकृयाले पनि निर्माण कार्यमा केहि ढिलाई भएको थियो । तर कातिक १ गते पुरातत्व विभागले समेत कलभर्ट निर्माणमा सहमति दिए पछि निर्माणले गति लिएको थियो । बेमौसमी बाढी, दशैं, पुरातत्वविभागसँग सहमति लिनु पर्ने प्रकृया लगायतका चुनौती विच पनि निर्धारित समय भन्दा अघिनै काम पूरा भएको डिभिजन प्रमुख भण्डारीले जनाउनु भएको थियो ।