काठमाडौं-मन्त्रीपरिषद्को बैठक आज साँझ ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको छ। सो बैठक प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाउनु भएको हो।
आजको बैठकमा केही नियुक्ति र बढुवा पनि हुन सक्ने प्रधानमन्त्री सचिवालय स्रोतले जनाएको छ।
परराष्ट्र मन्त्रालयले मंगलबार बेइजिङमा हस्ताक्षर गरिएको बीआरआईसम्बन्धी सम्झौतापत्र नै सार्वजनिक गरेको थियो। बीआरआईसम्बन्धी सम्झौतापत्र बारेमा पनि छलफल हुन सक्ने जनाएको छ ।
प्रधानमन्त्री ओली मंसिर १७ गते चीनको औपचारिक भ्रमणमा गएर २० गते फर्किनुभएको थियो। पराष्ट्रमन्त्री एवं कांग्रेस नेतृ आरजु राणा देउवा पनि भ्रमण टोलीमा जानु भएको थियो।
प्रतिक्रिया