अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

त्रिभुवन विश्वविद्यालयको सिनेट बैठक

विश्वविद्यालयलाई प्रभावकारी र सुदृढ बनाउनुपर्छ: प्रधानमन्त्री ओली

विश्वविद्यालयलाई प्रभावकारी र सुदृढ बनाउनुपर्छ: प्रधानमन्त्री ओली


काठमाडौँ-प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले विश्वविद्यालयलाई प्रभावकारी र सुदृढ बनाउनुपर्ने बताउनुभएको छ।

मंसीर २७ गते बिहीवार त्रिभुवन विश्वविद्यालयको साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले मेरिटोक्रेसीमा प्रश्न नउठ्ने गरी काम गर्न निर्देशन दिनुभयो।

प्रधानमन्त्री ओली भन्नभयो, ‘साथीहरूले प्रश्न उठाउनुहुन्छ, हस्तक्षेप गरेको होइन। अलिकतै शैलीमा तलमाथि पर्ला त्यो आफ्नो ठाउँमा छ। हस्तक्षेप होइन निर्णय गर्छ नि यो संस्थाले, कुलपतिलाई मन नलागेको निर्णयमा पनि यसो गरौँ भनेपछि मैले साथीहरू भन्नुभयो भन्नै पर्छ। उपकुलपतिलाई पनि यसो गर्न पाए हुन्थ्यो भन्ने लागेको होला। पाए हुन्थ्यो भन्ने गर्न पाउनु विश्वविद्यालयको स्वायत्तता होइन। त्यसो भएकाले हामी साना कुरामा नअल्झिएर विश्वविद्यालयलाई प्रभावकारी र सुदृढ बनाउनुपर्छ।’

प्रधानमन्त्री ओलीले मेरिटोक्रेसीमा प्रश्न नउठ्ने गरी काम गर्न आफूले भनेको बताउनुभयो। प्रधानमन्त्री ओलीले भन्नुभयो ‘मेरिटोक्रेसीमा प्रश्न नउठोस्, निष्पक्ष ढङ्गले काम होस्। मैले जहिले भन्ने त्यही हो।’