अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओली आदिवासी जनजाति महिला भेला कार्यक्रममा पुग्दा यस्तो देखियो

प्रधानमन्त्री ओली आदिवासी जनजाति महिला भेला कार्यक्रममा पुग्दा यस्तो देखियो


काठमाडौं-नेकपा एमाले सम्बद्ध नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपालकाे आयोजना राजनीतिमा प्रतिनिधित्व र पहुँच अभवृद्धिका लागि आदिवासी जनजाति राष्ट्रिय महिला भेला–२०८१ आजदेखि काठमाडौंमा शुरु गरेको छ। आदिवासी जनजाति राष्ट्रिय महिला भेला भाेलिसम्म हुने नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपालका महासचिव देवराज राईले जानकारी दिनुभयाे।

आदिवासी जनजाति महिलाहरुको प्रथम राष्ट्रिय भेला कार्यक्रमको प्रमुख अतिथि नेकपा एमालेका अध्यक्ष रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्थ्यो। सोही कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो।

कार्यक्रममा प्रधानमन्त्री ओलीले समावेशीता र समतामूलक समाज निर्माण गर्दै राष्ट्रिय एकता कायम गर्नु आफूहरुको मूल मन्त्र भएको बताउनु भयो। उहाँले राजनीतिमा प्रतिनिधित्व र पहुँच अभवृद्धिका लागि आदिवासी जनजाति महिला-राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पछाडि परेका समुदायलाई माथि पुर्याउन संविधानको मौलिक हकहरुको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुपर्ने जोड दिनुभयो।

प्रधानमन्त्री ओलीले आफ्नो पार्टीले आदिवासी जनजाति र खासगरी सबै महिला समुदायको अधिकार स्थापनाका लागि विशेष महत्व दिँदै आएको बताउदै हरेक जातिको उत्थान, सामाजिक न्याय र समतामूलक समाज निर्माण गरेरै छाडिने संकल्प गर्नुभयो।

प्रधानमन्त्री ओलीले पछाडी पारिएका समुदायलाई शिक्षा र रोजगारीमा सहज पहुँच दिएर अगाडि ल्याइने बताउँदै आदिवासी जनजातिलाई आफ्ना परम्परा, कला र संस्कृतिलाई आधुनिक बनाउँदै निरन्तरता दिन आग्रह गर्नुभयो।

आदिवासी जनजाति महिला–राष्ट्रिय महिला भेला–२०८१ कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ, नेकपा एमालेका स्थायी कमिटी सदस्यहरु भानुभक्त ढकाल र थममाया थापा मगर लगायत सहभागी हुनुहुन्थ्यो।

तस्वीरमा हेर्नुहोस्
तस्वीरहरुः प्रधानमन्त्री सचिवालय