अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पत्रकार महासङ्घको जुम्लाको अध्यक्षमा चौलागाई

पत्रकार महासङ्घको जुम्लाको अध्यक्षमा चौलागाई


जुम्ला-नेपाल पत्रकार महासङ्घको जुम्ला शाखाको अध्यक्ष पदमा पूर्णप्रसाद चौलागाई निर्वाचित हुुनुभएको छ।

शुक्रबार सम्पन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा नौरेते नेपाली, महिला उपाध्यक्षमा गीता शाही, सचिवमा प्रकाश उपाध्याय, कोषाध्यक्षमा सागर परियार, खुला सचिवमा मानबहादुर कुँवर र  समावेशी सचिवमा सरिता पराजुली यसअघिनै निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक नरेन्द्रनाथ योगीले बताउनुभयो।

उहाँका अनुसार निर्वाचनमा  ५४ मतमध्ये ५३ मत खसेको थियो । त्यस्तै सदस्यमा मोहन शाही, टेक हमाल , सीता कुमाई, सपना रावत, सिवानी विक, लक्ष्मी न्यौपाने र प्रभा भण्डारी निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।