पोखरा-नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशको अध्यक्षमा रमेश पौडेल निर्वाचित हुनुभएको छ।
मंसीर २८ गते शुक्रवार भएको मतदानबाट निकटतम प्रतिस्पर्धी गोविन्द सुवेदीलाई २२३ मतले पराजित गर्दै रमेश अध्यक्ष निर्वाचित हुनुभएको हो। रमेश प्रेस चौतारी र प्रेस युनियनको गठबन्धनका उम्मेदवार हुन् भने गोविन्द प्रेस सेन्टर र समाजवादी प्रेस सङ्गठनका उम्मेदवार हुन्। रमेशले ४०१ र गोविन्दले १७८ मत प्राप्त गर्नुभयो।
पदाधिकारीमा पनि प्रेस युनियन र प्रेस चौतारीका उम्मेदवारी निर्वाचित भएका छन् । प्रकाश पौडेल ४०२ मत ल्याउँदै उपाध्यक्ष विजयी हुनुभएको छ। उहाँका प्रतिस्पर्धी यदुनाथ बन्जाराले १६४ मत पाउनुभयो।
उपाध्यक्ष (महिला)मा कमला खत्री केसीलाई पराजित गर्दै मायाकुमारी अधिकारी निर्वाचित हुनुभएको छ। दीपक परियारलाई ११६ मतले पराजित गर्दै जमुनावर्षा शर्मा महासचिव निर्वाचित हुनुभएको छ।
समावेशी सचिवमा रोशनी गुरुङ, खुला सचिवमा भविश्वर पाण्डे र कोषाध्यक्षमा रमेश बस्ताकोटी निर्वाचित हुनुभएको छ। रोशनीले ४१८ र उहाँकी प्रतिस्पर्धीले १४५ पाउनुभयो। खुला सचिव बनेका पाण्डेले ३७८ र ताराप्रसाद शर्माले १७१ मत प्राप्त गर्नुभयो । कोषाध्यक्षमा रमेशले ३५२ र सागरराज तिमिल्सिनाले २०७ मत पाउनुभयो ।
सदस्यमा पनि चौतारी-युनियनको प्यानल निर्वाचित भएका छन्।
प्रतिक्रिया