काठमाडौं-नेपाल पत्रकार महासंघको लुम्बिनी प्रदेश अध्यक्षमा शुक्रऋषि चौलागाईं निर्वाचित हुनुभएकाे छ। नयाँ कार्यसमितिका लागि शुक्रबार भएको निर्वाचनमा चौलागाईंकाे प्यानल नै विजयी भएका छन्। चाैलागाईंले ५९९ मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिस्पर्धी रुद्र सुवेदी २९१ मत पाउनुभयो।
चौलागाईंको प्यानलबाट उपाध्यक्षमा रामप्रसाद आचार्य निर्वाचित हुनुभएको छ। उहाँले ६५६ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी आशिष कुमार गुप्ताले १५० मत प्राप्त गर्नुभयो। अर्को उपाध्यक्ष जुमानसिंह के.सी. १५५ मत प्राप्त ल्याउनुभयो।
महिला उपाध्यक्ष मिना ढकाल निर्वाचन हुनुभएको छ। उहाँले ६२१ मत प्राप्त गर्नुभएको छ। उहाँले मेनका चौधरी चौधरीलाई पराजित गरेको हो। चौधरीले ३१२ मत प्राप्त गर्नुभयो।
महासचिवमा पाण्डप प्रसाद शर्मा निर्वाचन हुनुभएको छ। उहाँले ५१६ मत ल्याएर निर्वाचित हुनुभएको हो। महासचिव डा. डक्टप्रसाद धितालले ३३० मत ल्याउनुभयो। राजु खरालले ११ मत प्राप्त गर्नुभयो।
यस्तै सचिवमा गोविन्दप्रसाद शर्मा निर्विराेध हुनुभएको छ। सचिव (समावेशी)मा सरला सुवेदी निर्वाचित हुनुभएको छ। सुवेदीले ६०२ प्राप्त गर्नुभयो। उहाँका प्रतिस्पर्धा गरेका चिन्ता बहादुर दर्जीले ३३२ मत ल्याउनुभयो।
कोषाध्यक्षमा नारायण आचार्य निर्वाचित हुनुभएको छ। आचार्यले ६४३ प्राप्त गर्दा दीपेश पराई विष्टले २७१ प्राप्त गर्नुभयो।
यस्तै कार्यसमिति सदस्यहरू तेजेन्द्र के.सी.ले ७३१ प्राप्त गर्दै विजय हुनुभएको छ। अन्य सदस्यमा निर्मल आचार्यले ६२२ मत, प्यार अली खानले ४९५ मत, वसन्त बन्जाडे ५१७ मत, हिम बहादुर घर्ती खत्री क्षेत्रीले ४३५ मत प्राप्त गर्दै निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत सुदीप गौतम जानकारी दिनुभयो।
प्रतिक्रिया