अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विश्वका शक्तिशाली देशहरूले गरिबी निवारण गर्न सकेका छैनन्: प्रधानमन्त्री ओली

विश्वका शक्तिशाली देशहरूले गरिबी निवारण गर्न सकेका छैनन्: प्रधानमन्त्री ओली


काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वका शक्तिशाली देशहरूले पनि गरिबी निवारण गर्न नसकेको बताउनु भएको छ।

आज एमाले पार्टी कार्यालय च्यासलमा आयोजित ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान राष्ट्रिय कार्यशाला’लाई सम्बोधन गर्दै एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले यस्तो बताउनु भएको हो।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अहिलेसम्म विश्वका शक्तिशाली देशहरुले गरिबी निवारण गर्न सकेका छैनन्। सयौँ वर्षदेखि समृद्धि हासिल गरेर दुनियाँमा विकसित भनेर कहलिएका देशहरूले जनताको अवस्था एक हिस्सा गरिबिको अवस्था गरिबीबाट माथि उठाउन सकेका छैनन्। भिममंगा बनाएर छाडेका छन्। भोकै मनुपर्ने अवस्थामा छाडिइदिएका छन्।’

प्रधानमन्त्री ओलीले अल्टिमेटली कम्युनिस्ट पार्टीले मात्र विकास र समृद्धि ल्याउनसक्ने भन्दै चीनको दृष्टान्त दिनुभयो। उहाँले भन्नुभयो, ‘केही पनि नभएको अवस्थाबाट हरेक ठाउँमा प्रतिस्पर्धा गर्दै अघि बढेको छ चीन। चिनियाँ कम्युनिस्ट पार्टी दृष्टान्तबाट सिक्न सकिन्छ।’

प्रधानमन्त्री ओलीले कम्युनिस्ट पार्टीले मात्र जनताको सेवा गर्न सक्ने बताउनु भयो।

नेकपा एमाले केन्द्रीय संगठन विभागको आयोजनामा तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा हिजो शनिवारदेखि आजसम्म पार्टी निर्माणमा ‘स्थानीय तहका समस्या र समाधान’का विषयको कार्याशाला चल्ने एमालेले जनाएको छ।

स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ विषयक दुई दिने कार्यशालामा प्रदेश र जिल्ला कमिटीका  अध्यक्ष, सचिव र संगठन विभागका प्रमुख, प्रदेश कमिटीबाट थप दुई जना महिला कमरेडहरू, जनसंगठनका केन्द्रीय अध्यक्ष र महासचिव तथा महानगर र उपमहानगरका निर्वाचित मेयर, उपमेयरहरूको सहभागिता रहेको छ।