काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले एमाले देश बनाउने पार्टी भएको बताउनु भएको छ।
मंसीर ३० गते आइतबार नेकपा एमालेको केन्द्रीय कार्यालय ललिपुरको च्यासलमा ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ राष्ट्रिय कार्यशालामा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनु भएको हो।
नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले नेकपा एमाले राजनीति गर्न नभई देश बनाउनका बनेको दाबी गर्गनुभयो। प्रधानमन्त्री ओलीले एमाले जन्मैदेखि एउटा महान उद्देश्य काँधमा बोकेर जन्भिएको पार्टी भएको उल्लेख गर्नुभयो। उहाँले देशमा सकारात्मक परिवर्तन ल्याउन र सामाजिक व्यवस्थापनमा अहिलेसम्मका परिस्कृत रुपहरुमध्ये उच्चतम रुमपा पुर्याउनका लागि एमाले बनेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘नेकपा एमाले केवल राजनीति गर्न जन्मेको होइन। समाजवाद र राष्ट्रवादको महान् उद्देश्य बोकेर देश बनाउन र सकारात्मक परिवर्तन ल्याउन जन्मेको पार्टी हो। यसले सामाजिक परिस्थितिलाई उच्चतम् रुप दिन सुरुवात्देखि नै लाग्दै आएको छ।’
प्रधानमन्त्री ओलीले जनताले सजिलोसँग बाँच्न पाउनुपर्ने एमालेको मुख्य एजेण्डा रहेको बताउनु भयो।








प्रतिक्रिया