अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एमाले हेटौंडा उपमहानगरको अध्यक्षमा चार जनाको उम्मेदवारी

एमाले हेटौंडा उपमहानगरको अध्यक्षमा चार जनाको उम्मेदवारी


हेटौंडा-नेकपा (एमाले) हेटौंडा उपमहानगरपालिका कमिटीको नेतृत्वका लागि चार जनाको उम्मेदवारी परेको छ।

शनिबारबाट सुरु भएको दोस्रो अधिवेशनमा सहमति हुन नसकेपछि अध्यक्षका लागि चार जनाले उम्मेदवारी दिएका हुन्। अध्यक्षका लागि इन्द्र नेपाल, जनरल श्रेष्ठ ‘जेन’, बोलबहादुर कार्की र नवराज खतिवडाले उम्मेदवारी दिएका छन्। उपाध्यक्षका लागि इन्द्रप्रसाद खतिवडा, धनवहादुर मुक्तान र राजकुमार बास्तोलाको उम्मेदवारी परेको छ।

यसैगरी, सचिवमा प्रकाश बाँनिया, सविन मुक्तान र शान्ता गौतम ‘प्रदीप’को उम्मेदवारी परेको छ। उपसचिव खुलातर्फ अर्जुनप्रसाद अर्याल, कवि रेग्मी, भीम तिमल्सिना, सुरेश मिजार ‘बेरोजगार’, शान्तेकुमार लामा तामाङ र शिवबहादुर थापाको उम्मेदवारी परेको छ भने उपसचिव महिलामा चन्द्रावती पनेरु अधिकारी, जुना दंगाल र रञ्जिता सिलवालको उम्मेदवारी छ।

उम्मेदवारी फिर्ताको समय आइतबार दिउँसो ३ बजेसम्म राखिएको छ । केही सदस्य पदहरुमा भने सर्वसम्मत भइसकेका बताइएको छ।