काठमाडौं – नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा भारी मतान्तरमा निर्वाचित हुनुभएको छ । तीन दशकदेखि पत्रकारितामा रहनुभएकी शर्माले ४२८२ मतसहित महासंघको अध्यक्षमा निर्वाचित भएर पहिलो महिला अध्यक्ष बन्ने इतिहास रच्नुभएको छ । शर्मा प्रेस चौतारी र प्रेस युनियनको प्यानलबाट निर्वाचित हुनुभएको हो ।
शुक्रबार सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम आइतवार राती घोषणा हुँदा शर्माले रमेश बिष्टलाई पराजित गरी महासंघको नेतृत्व लिनुभएको हो । निर्वाचन समितिका संयोजक प्रा. चिरञ्जिीवि खनालले घोषणा गर्नुभएको मतपरिणामअनुसार वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य ४ हजार २३० मतका साथ विजयी हुनुभएको छ भने महिला उपाध्यक्षमा नितु पण्डित ४ हजार ७०५ मतसहित सवैभन्दा बढी मत ल्याएर निर्वाचित हुनुभएको छ ।
यस्तै उपाध्यक्ष समावेशीमा उमितप्रसाद बागचन्द ४ हजार २९२ मतका साथ विजयी हुनुभएको छ । यसैगरी महासचिवमा रामप्रसाद दाहाल ४ हजार २९२ मतसहित बिजयी हुनुभएको छ । यस्तै खुला सचिवमा रमेश खतिवडा, महिला सचिवमा सोनी शर्मा, जनजाती सचिवमा सविन प्रियाशन चौधरी, दलित सचिवमा प्रकाश धौलाकोटी, एसोसियट सचिवमा वैकुण्ठराज पराजुली र कोषाध्यक्षमा रामकृष्ण अधिकारी र लेखा समिति संयोजकमा केसी लामिछाने निर्वाचित हुनुभएको छ ।
यसैगरी कोशी प्रदेश सदस्यमा कमल रिमाल, शंकर खरेल, मधेश प्रदेशबाट केन्द्रीय सदस्यमा राजु विश्वकर्मा र राजेश कुमार कर्ण, बागमती प्रदेश सदस्यमा नवराज पथिक, नारायणप्रसाद अधिकारी, गण्डकी प्रदेशबाट कृष्ण केसी र केबी राना, लुम्बिनी प्रदेशबाट रामप्रसाद पोख्रेल र विकास बन्जाडे, कर्णालीबाट तुलाराम पाण्डे र नगेन्द्रप्रसाद उपाध्याय विजयी हुनुभएको छ ।
यसैगरी सुदूरपश्चिमबाट योगेन्द्र बहादुर बलायर, सुरेश पन्त, उपत्यका प्रदेशबाट अर्जुन पन्त र सूर्य सुवेदी, प्रतिष्ठान प्रदेशबाट सविता शर्मा र वीरेन्द्र ओली, एसोसियट प्रदेशबाट पवित्रा मुडभरी र मनुका कुँवर, खुला सदस्यबाट छविलाल तिवारी र भुपेन्द्र आचार्य, मुकेन्दप्रसाद भण्डारी, रामेश्वर कार्की र लवदेव ढुंगाना निर्वाचित हुनुभएको छ भने मधेसी महिला सदस्यमा रुवि रौनियार र अल्पसंख्यक सदस्यमा लक्ष्मण थामी विजयी हुनुभएको छ ।
प्रतिक्रिया