काठमाडौं-नेकपा एमाले निकट अनेरास्ववियु काठमाडौँ जिल्ला कमिटीले देशभरका युवाहरूलाई लक्षित गर्दै लोक सेवा तथा शिक्षक सेवा आयोगका निःशुल्क अनलाइन कक्षा सञ्चालन निर्णय गरेको छ।
नेकपा एमाले अनेरास्ववियु काठमाडौँ जिल्ला कमिटीको अध्यक्ष निराजन थापाको अध्यक्षतामा अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज धर्मराज तिमिल्सिनाको प्रमुख आतिथ्यता २०८१ पुस १ गते सोमबार बसेको तेस्रो पदाधिकारी बैठकले युवालाई देशमै रोजगारीमा अभिप्रेरित गर्ने अभिप्रायले लोकसेवा आयोग र शिक्षक सेवा आयोगका लागि निःशुल्क अनलाइन तयारी कक्षा सञ्चालन गर्ने निर्णय हो।
सामाजिक तथा आर्थिक रूपले पछाडि परेका देशभरका युवाहरुलाई सरकारी सेवामा प्रवेश गराउने तथा सरकारी सेवाका लागि प्रोत्साहित गरेर उनीहरूको सामाजिक तथा आर्थिक पक्षलाई सुधार गर्ने उद्देश्यले निःशुल्क अनलाइन तयारी कक्षा सञ्चालन गर्न लागिएकाे अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज धर्मराज तिमिल्सीनाले जानकारी दिनुभयो।
लोकसेवा र शिक्षक सेवा आयोगको तालिमका लागि आवश्यक स्रोत-साधन तथा व्यवस्थापनको जिम्मा लिइएको अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज तिमिल्सीनाले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, ‘अनलाइन तयारी कक्षा सञ्चालनका लागि आवश्यक स्रोत खोजी आफूले नै लिइ, विकट र फरक क्षमता भएका, आर्थिक अभावमा रहेका देशभरिका युवाहरूलाई तथा पेसा-व्यवसायको कारण अध्ययनमा कम समय दिने तमाम युवाहरुको लागि अवसर दिंदै देशमा छरिरहेको चरम निराशालाई चिर्न अनेरास्ववियु काठमाडौँ जिल्ला कमिटीलाई यो कार्यक्रम कार्यान्वयन गर्न निर्देशन दिएको छु।’
विभिन्न पेशा एवम् व्यवसाय, भौगोलिक विकटता वा अन्य विविध कारणले इन्स्टिच्युटसम्म पुग्न नसकेर सरकारी सेवा प्रवेश गर्ने देशभरका युवाहरूको अभिलाषालाई पूरा गर्न लोकसेवा आयोग र शिक्षक सेवा आयोगका विभिन्न पदका लागि अनलाइनमार्फत तयारी कक्षा सञ्चालन गर्ने निर्णय गरिएको अनेरास्ववियु काठमाडौँ जिल्ला कमिटीका अध्यक्ष निराजन थापा जानकारी दिनुभयो।
उहाँका अनुसार कक्षामा सहभागी हुन देशभरिका सरकारी सेवामा प्रवेश गर्न इच्छुक युवाहरूलाई २०८१ पुस १५ गतेभित्र तपसिलका विवरणसहित उपलब्ध गुगल फाराम ( https://forms.gle/aZHPtyMntCzhFKeq5 ) आवेदन दिने व्यवस्था गरिएको छ।
प्रतिक्रिया