काठमाडौं-काठमाडौंको भृकुटीमण्डपमा औषधोपचार, स्वास्थोपचार तथा फार्मेसीसँग सम्बन्धित ‘नेपाल फर्मा एन्ड हेल्थ अन्तराष्ट्रिय प्रदर्शनी र ‘नेपाल हस्पिटल, सर्जिकल तथा मेडिकल अन्तर्राष्ट्रिय प्रदर्शनी’ हुने भएको छ।
मिडिया स्पेस सोलुसन्स (एम.एस.एस, फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स् प्रालि तथा एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रालिको संयोजकत्वमा यही पुस ५ देखि ७ गतेसम्म भृकुटीमण्डप प्रर्दशीनी हुने भएको हो।
प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढी कम्पनीको स्टल रहने व्यवस्था गरिएको आयोजकले जनाएको छ।
नेपाल फर्मा एन्ड हेल्थ अन्तराष्ट्रिय प्रदर्शनी तथा नेपाल हस्पिटल, सर्जिकल तथा मेडिकल अन्तराष्ट्रिय प्रदर्शनीका तीन विशेषता छन्। जसअनुसार प्रदर्शनी, सम्मेलन र साझेदारी। यी तीन विशेषतालाई एउटै ठाउँमा ल्याएर नेपालका विभिन्न फर्मा र हेल्थकेयर उद्योगलाई जोड्न, सम्बन्ध निर्माण गर्न र व्यापार अवसर बढाउन यो प्रदर्शनीले केन्द्रीय भूमिका निर्वाह गर्ने आयोजकले जनाएको छ।
नेपाल फर्मा र हेल्थ प्रदर्शनीले स्थानीय औषधि, चिकित्सा र स्वास्थ्य सेवा उद्योगका लागि सञ्जालको काम गरी औषधोपचारको क्षेत्रमा नयाँ आविष्कारदेखि नयाँ औषधिको विकाससम्मको विश्वव्यापी नवीनता प्रविष्ट गराउने माध्यम आयोजकको भनाई छ।
प्रदर्शनीमा विभिन्न देशका कम्पनी र ब्राण्डसहित बिजिनेस लिडर, डाक्टर, वैज्ञानिक, रोग विशेषज्ञ, अनुसन्धानकर्ता, सरकारी अधिकारी, नीति निर्माता र उद्योग पेशेवरहरुको सहभागिता रहनेछ।
अन्तर्राष्ट्रिय प्रदर्शनीमा विभिन्न स्वास्थ संग सम्बन्धित उद्योग, संग संस्था लगायत अन्य सरोकारवालाहरुलाई समेटी गोष्ठी तथा सेमिनार कार्यक्रम पनि गर्ने आयोजकले जनाएको छ।
प्रतिक्रिया