काठमाडौं-प्रधानमन्त्री केपी ओलीले काल आएको बेला कमिलालाई पखेटा पलाउने व्यंग्य गर्नुभएको छ।
नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३७औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा नेकपा (एमाले)का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले यस्तो बताउनु भएको हो। प्रधानमन्त्री ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएको बेलामा लक्षित गर्दै कमिलाको आयु पुग्यो भने पखेटा पलाउँछ भन्दै व्यंग्य गर्नुभयो।
पखेटा पलाएको कमिलासँग तुलना गरे । प्रधानमन्त्री ओलीले भन्नभयो, ‘कमिलालाई काल आयो भने पखेटा पलाउँछ। पखेटा नपलाएसम्म कमिला दुलोभित्रै बस्छ। तर, पखेटा पलाएपछि उड्न मन लाग्छ, बाहिर निस्कन्छ। बाहिर निस्केपछि चराले टपक्कै टिपेर लान्छ। अहिले उफ्रिँदै हिँडेका छन्। फुरफुर गर्दै हिँडेका छन्।’
प्रतिक्रिया