काठमाडौँ-नेकपा एमालेले २०८१ पुस १५ गतेभित्र पार्टीका विभाग प्रमुखहरूलाई विभागीय कामको रिपोर्ट दिन निर्देशन दिएको छ।
महासचिव शंकर पोखरेलले केन्द्रीय कमिटीको बैठकको पूर्वसन्ध्यामा बुधबार केन्द्रीय विभागका प्रमुख र सचिवहरूको संयुक्त बैठक सो निर्देशन दिनुभएको हो।
बैठकमा पार्टीका विरुद्धको घेराबन्दी र आक्रमणलाई दृढतापूर्वक सामना गर्ने र पार्टी तथा सरकारको कामलाई थप प्रभावकारी बनाउने सन्दर्भमा महत्त्वपूर्ण छलफल भएको महासचिव पोखरेलले बताउनुभयो।
एमालेमा ३२ वटा केन्द्रीय विभाग छन् ।
केन्द्रीय विभागका प्रमुख र सचिवहरुको संयुक्त बैठक हिजो पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न गरेको थियो।
प्रतिक्रिया