अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लगानी सम्मेलनका विषयमा बाहिर देखिएजस्तो विवाद छैन: मुख्यमन्त्री कार्की

लगानी सम्मेलनका विषयमा बाहिर देखिएजस्तो विवाद छैन: मुख्यमन्त्री कार्की


विराटनगर-कोशी प्रदेश सरकारले आयोजना गर्ने तय भएको लगानी सम्मेलन प्रदेश सरकारले नै गर्न मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताउनुभएको छ। प्रदेश सभाको सुशासन तथा योजना समितिको बैठकमा मुख्यमन्त्री कार्कीले बाहिर चर्चा गरेजस्तो विवाद नरहेको दाबी गर्नुभयो।

‘कुनै एउटा संगठनको ब्यानरमा नभए सम्मेलन सरकारले गर्ने हो। तयारी पूरा भएपछि एउटा ‘ग्रान्ड’ पत्रकार सम्मेलन गरेर थप जानकारी गराउने तयारी छ, सरकार मूल आयोजक हुन्छन्। पूर्ण प्रस्ताव बनेपछि थप छलफल हुनेछ,’ मुख्यमन्त्री कार्कीले भन्नुभयो, ‘मलेसियाका पूर्वअर्थमन्त्री आउने प्रतिवद्धता जनाउनुभएको छ। विश्व बैंकका पूर्वसिइओ पनि आउने सम्भावना छ। प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीहरु पनि सहभागी हुनु हुनेछ। यो, साझा लगानी सम्मेलन हो।

यसका लागि तीन करोड तीस लाख रुपैयाँ विनियोजन भएकोसमेत मुख्यमन्त्री कार्कीले जनाकारी दिनुभयो। बजेट लगानी बोर्डलाई पठाइएको र बजेट बाँडफाँट गरेर बोर्डले पास गरेको उहाँले जानकारी दिनुभयो। मुख्यमन्त्री कार्कीले राजनीतिक दल, नेपाल सरकारका माथिल्ला निकाय, संसदीय दल, लगानी बोर्ड तथा योजना आयोग आदिको सल्लाह सुझाव समेत लिएर अघि बढिरहेको बताउनुभयो।

लगानी सम्मेलनका विषयमा विभिन्न प्रश्न उठिरहेको सन्दर्भमा प्रदेश सभाको सुशासन तथा योजना समितिले मुख्यमन्त्री हिक्मत कार्की र प्रदेश लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सरोज कोइरालासँग छलफल गरेको थियो।

कोशी प्रदेश सरकारले माघ ११ गतेदेखि तीन दिनसम्म विराटनगरमा लगानी सम्मेलन आयोजना गर्ने तयारी गरेको छ।
लगानी बोर्डका सिइओ सरोज कोइरालाले लगानी बोर्डको खातामा पठाइएको र अब बजेट लगायत प्रक्रिया अघि बढाउने बताउँदै सम्मेलनमा कूल ३७ वटा परियोजना छनोट गरेर शोकेस गर्ने तयारी रहेको जानकारी दिनुभयो।