अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

मन्त्रिपरिषद् बैठक स्थगित

मन्त्रिपरिषद् बैठक स्थगित


काठमाडौं-मन्त्रिपरिषद्को आज दिउँसो ४ बजे बस्ने तय भएको बैठक स्थगित भएको छ। प्रधानमन्त्रीको स्वास्थ्यमा सामान्य समस्या देखिएपछि बैठक स्थगित गरिएको बालुवाटार स्रोतले जनायो।

बिहीबार बिहान साढे नौ बजे त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री केपी शर्मा ओलीले इन्डोसकोपी गरेको अस्पताल स्रोतले जनाएको छ। 

इन्डोसकोपी गरेपछि प्रधानमन्त्री ओली आज दिनभर बालुवाटारमै आराम गरेर बसिरहनु भएको बालुवाटार स्रोतले जनायो । नास्टको पूर्व निर्धारित कार्यक्रममा समेत प्रधानमन्त्री ओली सहभागी हुनु भएन ।

बैठकले सरकारका नियमित कामकारबाहीबारे छलफल र निर्णय गर्ने तयारी थियो ।