अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निःसन्तापन समस्या होइन, यसरी हुन सक्छ चाहेको बेला बच्चा

निःसन्तापन समस्या होइन, यसरी हुन सक्छ चाहेको बेला बच्चा


काठमाडौं-पहिला हामी ‘इन्फर्टिलिटी’ भन्थ्यौ तर इन्फर्टिलिटी भन्दा खेरी बिरामीले अलि नराम्रो मान्न थाल्नु भयो त्यही भएर हिजोआज हामी ‘सब-फर्टिलिटी’ भन्ने गर्छौं। इन्फर्टिलिटी भनेको बच्चा हुँदै नहुने जस्तो सुनिन्छ जबकि सब-फर्टिलिटी भन्दा यसको समाधान छ भन्ने बुझिन्छ। सामान्यतया कुनै पनि दम्पति विवाह पछि परिवार नियोजनका कुनै पनि अस्थायी साधनहरू प्रयोग नगरिकन कम्तीमा एक वर्षसम्म सँगै बसेर पनि बच्चा भएन भने हामी त्यसलाई निसन्तानपन भन्छौं। यही कुरा यदी महिलाको उमेर चाहिँ ३५ वर्षभन्दा बढी छ र ६ महिनासम्म सँगै बस्दा पनि गर्भवती भएन भने पनि त्यसलाई हामी सब-फर्टिलिटी भन्छौं वा प्रजनन समस्या भन्छौं। यसको कारण महिला र पुरुष दुवैको हुन सक्छ। जस्तो कि महिलामा धेरैजसो देखिने समस्या भनेको अनियमित महिनावारी हो। महिलाको महिनैपिच्छे एउटा-एउटा अण्डा निस्किनुपर्ने हुन्छ तर त्यो नियमित चक्रमा नआइदिने हुन्छ। जसको प्रमुख कारण  ‘पोलिसिस्टिक ओभरी सिन्ड्रोम’ (पीसीओएस) पनि एक हो। पीसीओएस अर्थात् ‘पोलिसिस्टिक ओभरी सिन्ड्रोम’ (पीसीओएस) भनेको महिलाहरूको डिम्बमा ससाना ‘सिस्ट’हरू देखा पर्ने अवस्था हो। यो हाल आएर धेरै महिलाहरुमा देखिएको साझा समस्या पनि हो। यसका लक्षणहरू भनेका शरीरमा केटा मान्छेको जस्तो रौँहरू धेरै आउने, ब्लड टेस्ट गर्दा पुरुषको जस्तो हर्मोनहरू हाई हुने, भिडियो एक्सरे गर्दा डिम्बमा सानो-सानो सिस्टहरू देखिने हुन्छ, महिनावारीमा गडबडी हुने, अनावश्यक रुपमा शरीरको तौल बढ्दै जाने जसका कारणले बाँझोपन पनि हुन सक्छ।

पाठेघरमा दुइटा नली हुन्छ। कुनै कारणवश दुवै नलीहरू बन्द भयो भने पनि नि:सन्तानपनको समस्या हुन्छ। पाठेघरमा कुनै मासु पलायो अथवा डिम्बाशयमा कुनै शिष्ट पलायो भने पनि गर्भ नबस्न सक्छ। अर्को भनेको कुनै महिलाको अण्डाको भण्डार आवश्यकता भन्दा कम भइदिने हुँदा पनि समस्या आएको छ। अहिले यो समस्या धेरै महिलाहरूमा देखिएको छ। कम उमेरमै अण्डाको भण्डार कम भइदिने, अहिलेको जीवनशैली, खानपिन, सानै उमेरमा चुरोट, रक्सी सेवन गर्ने बढी देखिरहेको छ। वायु प्रदूषण पनि बढिरहेको, खाद्य पदार्थहरूमा पनि मिसावट धेरै हुन्छ। यस्तै कारणहरू हुनहरूले पनि नि:सन्तानपन निम्त्याउन सक्छ।

नि:सन्तानपन पुरुषको कारणले पनि हुन्छ। यसको मुख्य कारण भनेको पुरुषको वीर्यमा समस्या देखा पर्नु हो। यसमा हेर्ने भनेको शुक्रकीटको मात्रा, त्यसको चाल, बनोट आदी हो। अरू पनि धेरै कुरा हेरिन्छ तर मुख्य रूपमा काउण्ट, मोर्टालिटि र मर्फोलोजी-(शुक्रकिटको मोविलिटी) हेर्नुपर्ने हुन्छ। शुक्रकिट कै नम्बर या काउन्ट पुगेन भने पनि महिलाले गर्भधारण गर्न सक्दैनन्। काउन्ट राम्रै छ र पनि अगाडि बढ्ने चाल राम्रो भएन भने पनि समस्या देखा पर्छ। शुक्र किटको बनोट अलि लाम्चो टाउको भएको हुनु वा पुच्छर दुईटा भइदियो भने त्यस्तो खालको शुक्रकिटले अण्डालाई छेड्न सक्दैन, जसले गर्दा गर्भाधान प्रक्रिया नै हुँदैन।

नि:सन्तापन पहिला भन्दा धेरै बढेको देखिन्छ। अहिले आइभिएफ प्रक्रियाले गर्दा अलि फरक प्रकारका विरामी पनि आउने गरेका छन्। किनकी यो प्रक्रियाले महिलाको महिनावारी सुकेपछि पनि बच्चा पाउन सकिन्छ।

एउटा बच्चा हुनलाई दम्पतीको समय पनि मिल्नुपर्ने हुन्छ। कार्यक्षेत्र अलग अलग भइसकेपछि सँगै बस्ने सम्भावना पनि कम हुन्छ। एकजनाको जागिर पूर्व अर्काको पश्चिम पनि हुन सक्छ। अथवा एकजननाको स्वदेश, अर्काको विदेश पनि हुनसक्छ । हाम्रोमा पनि त्यस्तो बिरामी आउनुहुन्छ टाइमिङ नै मिल्दैन भनेर। उनीहरूको विदाको समय महिनाको एक हप्ता वा वर्षको एक महिना हुन्छ त्यो कारणले गर्दा पनि प्रजननमा समस्या आइरहेको छ। अर्को महत्वपूर्ण कुरा वैदेशिक रोजगारमा लामो समयसम्म बस्नेहरुमा पनि समस्या देखिएको छ। त्यो मात्र होइन वैदेशिक रोजगारको सिलसिलामा खाडी मुलुक जाने पुरुषहरूको शुक्रकिटमा धेरै तापक्रम हुँदा यसले हानि गर्छ। यस्ता विरामीहरुलाई औषधीबाट पनि सुधार त गर्न सकिन्छ तर लामो समयसम्म बसेपछि यस्तो वातावरणमा बसेका विरामीहरुलाई पूर्ण रुपमा निको पार्न धेरै मुस्किल पर्दछ, जस्तै आइटी सेक्टरमा काखमा ल्यापटप राखेर काम गर्ने बानी हुन्छ त्यसले पनि असर गरिरहेको हुन्छ।

नेपालमै बस्दा पनि तातो ठाउँमा काम गर्ने, गर्मीमा बाइक बढी चढ्ने, तातोपानी धेरै प्रयोग गर्ने, टाइट अन्डरवेयर लगाउने, अत्याधिक चुरोट रक्सी खानेहरूमा पनि शुक्रकिटको कम हुन सक्दछ। सानो उमेरमा अण्डासयमा कुनै चोटपटक या अन्य कुनै घटना घटेको छ भने पनि त्यसले शुक्रकिटलाई कम गरिदिन्छ। यस्ता समस्या लिएर हाम्रो सेन्टरमा काठमाडौं उपत्यका र पूर्वी नेपालबाट अलि बढी नै विरामीहरु आउने गर्दछन्। हार्दिक आइभिएफमा दिनमा १४-१५ जना हुन्छन्। यस हिसाबले महिनामा करीब पाँच सयसम्म विरामीहरु निसन्तापनको उपचार खोज्दै आउने गरेका छन।

निसन्तापनको उपचारको सवालमा पहिला भन्दा धेरै सुधार भएको छ। यसमा दम्पती नै आउनुहुन्छ। पहिला महिलाहरु मात्र आउँथे। अहिले पुरुषहरु पनि आएर पनि चेक गराउनुहुन्छ। आफ्नो वीर्य जाँच गरायो र आफ्नोमा के समस्या छ पत्ता लगाएर त्यसपछि श्रीमतीहरु लिएर आउनुहुन्छ। अहिले प्रवृत्ति परिर्वतन भएको छ त्यो राम्रो पक्ष हो।

के हो आइभिएफ प्रणाली
महिलाले प्राकृतिक रुपमा गर्भधारण गर्न नसकेको अवस्थामा कृतिम विधि प्रयोग गरेर बच्चा जन्माउने प्रक्रियालाई आइभिएफ भनिन्छ। यसमा महिलाको अण्डा राम्रो बन्न, धेरै बन्ने र ठूलो बन्ने हार्मोनल सुई हामीले लगाईदिन्छौं। यो सुई लागाउने प्रक्रिया लगातार १० दिनसम्म चल्छ। प्राकृतिक चक्रमा एउटा अण्डा भए पुग्छ भने यो प्रक्रियामा चाहिँ जति धेरै अण्डा भयो त्यति राम्रो। त्यसपछि बेहोस गराएर सुईको माध्यमबाट अण्डा निकाल्ने कार्य गरिन्छ । श्रीमतीको अण्डा झिकेकै दिन श्रीमानले पनि शुक्रकिट दिनुहुन्छ र हामीले भ्रुण बनाउने हो। यो भ्रुण बन्ने प्रक्रिया धेरैलाई थाहा नभएको कारणले गर्दा आइभिएफ चाहिँ अप्राकृतिक हो भन्ने सोच्नुहुन्छ। बाहिर बनेको बच्चा कस्तो हुन्छ ? शङ्का गर्नुहुन्छ त्यसैले त यसलाई पहिला टेस्टट्युव बेबी भनिन्थ्यो। यो प्रयोगशालामा अण्डा र शुक्रसकिटलाई मिश्रण गरि भ्रुण बनाईने भएकोले भएकाले यसलाई टेस्टट्युव बेबी भनिएको हो। अब अहिले टेस्टट्युव बेबी भन्दा पनि आइभीएफ भन्नेको संख्या बढी रहेको छ। भ्रुण तयार गरिसकेपछि फेरि दुई दिन देखि पाँच दिनसम्म प्रयोगशालामा मै त्यसलाई ग्रो गराउने हो। जसरी आमाको जीउमा गर्भधान भएर ग्रो हुन्छ त्यसरी नै ल्याबमा पनि ग्रो हुन्छ। हामीले यसलाई ५ देखि ६ दिनसम्म मात्र ग्रो गर्न मिल्छ। त्यसपछि त्यसलाई हामी फ्रिज गरेर राख्छौं। फ्रिज वर्षौं गर्न सकिन्छ। त्यसपछि महिलाको महिनावारी भएको समयमा र उहाँको पाठेघरको लाइनिङ मिलाउँछौं ,जसका लागि हर्मोनको इन्जेक्सन प्रयोग गरिन्छ। त्यो फ्रिज गरेको भ्रुणलाई पाठेघरभित्र स्थानान्तरण गरिदिने हो। जब भ्रण अडिन्छ र १४ दिन पछि गर्भ परिक्षण गर्दा रिजल्ट पोजेटिभ आउछ तब गर्भवती भयो भन्ने बुझिन्छ। अण्डा झिकेदेखि ट्रान्सफर सम्म १ देखी १.५ महिनाको समय लाग्नसक्छ। यो प्रक्रियामा बच्चा नेचुरल भन्दा अलिकति छिटो परिपक्क हुन्छ र कसैको ९ महिनमा बच्चा जन्मन्छ वा कसैको त्योभन्दा कम समयमा पनि बच्चा जन्मन सक्छ।

आइभिएफपछि अपनाउनु पर्ने सावधानी
आइभीएफको एउटा तयारीको चरण हुन्छ। अर्को प्रक्रियाको चरण हुन्छ र अर्को प्रक्रिया पछिको चरण हुन्छ। तयारी चरणमा आफ्नै रहनसहन चालचलनमा ध्यान दिनुपर्ने हुन्छ। खानपानमा ध्यान दिनुपर्ने हुन्छ। जस्तो कागतीपानी, आलस,ओखर खाएको खण्डमा अण्ड वा शुक्रकिटको गुणस्तर बढाउन पनि सहयोग गर्छ। शारिरीक कसरत पनि तयारीको चरणमा गर्नुपर्ने हुन्छ। प्रोटिन डाइटहरू खानुपर्छ। त्यसपछि आइभीएफ जब सुरु हुन्छ विशेषगरी महिलाको महत्वपूर्ण भूमिका रहेको हुन्छ। दिनदिनै इन्जेक्सन लगाउनुपर्छ। यो १० दिनसम्म लगाउनुपर्छ। हामीले दिएको औषधिहरु टाइममा खाइदिने र अलिकति यो हर्मोनको कारणले गर्दा राति निन्द्रा नपर्ने जस्ता समस्याहरु देखापर्छन्। त्यसलाई हामी अगाडि नै काउन्सेलिङ गर्दा त्यसो हुने रहेछ भने बुझ्नु हुन्छ। आइभिएफ पछि त्यस्तो समस्याहरु नआओस् भनेर हामीले प्रोटिन डाइटहरू खान भन्छौं। अण्डा , माछामासु गेडागुडी, दालको रसहरु आदि। अण्डा झिकेपछि चाहिँ थोरै दुखाइ हुनसक्छ। यो पनि एक प्रकारको सर्जरी नै हो। ट्राभल गर्न पनि गाह्रो हुने र रेस्टमा रहनुपर्छ यसका लागि। खानेकुरा ,एक्सरसाइज आदिमा विशेष ध्यान दिनुपर्दछ। केही दिन जति आराम लिनुपर्ने हुन्छ। त्यस दिनपछि हामी ब्लड टेस्ट गर्छौं। त्यहाँबाट गर्भ बस्यो बसेन भन्ने थाहा हुन्छ। पेजेटिभ आएको खण्डमा उहाँलाई हामी हल्का हिंडडुल गर्न पनि भन्छौं। बेड रेस्ट नै गर्नुपर्छ भन्ने छैन। त्यसको एक हप्तापछि अल्ट्रासाउन्ड गरेर बच्चाको थैलो आयो आएन हामी हेर्छौँ। सबै नर्मल छ भने उहाँलाई आफ्ना साधारण दैनिक कामकाजहरु गर्न मिल्ने हुन्छ। त्यसपछि नियमित जाँचहरू त हुँदै जान्छ। र, यस्तो बेला लामो यात्रा अरुबेला जस्तो गर्न मिल्दैन। बच्चाको मुटुको धड्कन नआउन्जेलसम्म लामो यात्रा नगरेकै राम्रो हुन्छ।

सिनामंगलमा रहेको हार्दिक आइपीएफ लामो समय देखि सञ्चालन भइरहेकाे छ । आई यु आई,आई भि एफ ,टेसा (यो भनेको चाहिँ पुरुषमा सुक्रकिट देखिएन भने.अण्डासयबाट तानेर बिर्य निकाल्ने प्रक्रिया हो)। जस्तो पुरुषको वीर्यमा शुक्रकीट देखिएन भने वा भित्र आउने बाटोमा कतै ब्लक भइदियो भने त्यसलाई भित्रबाटै शक्रकिट निकाल्न मिल्छ। त्यो पनि गरिरहेका छौं। त्यो बाहेक सिमेन (शुक्रकिट) फ्रिजिङ, महिलाले आफ्नो अण्डा फ्रिजिङ गर्ने कार्यहरु पनि गरिराखेका छौं।

आई यू आई भनेको के हो ?
यो आइभीएफ भन्दा अलि सिम्पल हुन्छ। यसमा महिलालाई डिम्ब बनाउने औषधि दिन्छौं त्यसपछि १२/१३ दिनपछि जब अण्डाको साइज म्याचुर हुन्छ। त्यही बेला श्रीमानको शुक्रकीटलाई ल्याबमा वास गरेर शुक्रकिटलाई पाठेघरभित्र राखिदिने प्रक्रिया हो। यो प्रक्रिया श्रीमान बिदेश जानेले वा श्रीमानको बिर्यले काम नगेको अवस्थामा डोनरको बिर्य लिएर पनि दम्पत्तीले सल्लाहमा आई यू आई मार्फत गर्भधारण गर्न सक्निछ।

पछिल्लो समयमा सिमेन फ्रिजिङको लागि धेरै नै आउनुहुन्छ। किनकि अहिले वैदेशिक रोजगारी वा अध्ययनमा जानेको संख्या उच्च छ। जसले गर्दा प्राक्रितिक गर्भाधानको समय पनि मिलेको हुदैन। यस कारण पुरुषहरु यहाँ आएर शुक्रकिट फ्रिज गरेर जानुहुन्छ। उहाँको श्रीमतीले अनुकुल समयमा त्यो शुक्रकिट ग्रह्ण गर्नु हुन्छ।

हामीले हेरेका विरामीहरु मध्ये धेरैजना सफल उपचार गरेर र्फिर्कनु भएको छ। दम्पतीको उमेर, के कारणले गर्भधारण भइरहेको छैन ? , अण्डा कस्तो छ, शुक्रकिट कस्तो छ, शरीरको संरचना लगायतका कुराहरु ले निर्धारण गर्ने हो। तर हाम्रो गुणस्तरिय सेवाले ६० देखि ७० प्रतिशत दम्पतीले सफल उपचार गराएर फर्किनु भएको छ।

महिनावारी बन्द भएपछि पनि हाम्रोमा आएर महिला गर्भवती हुनु भएको छ। केही महिना अघिको कुरा हो यो। एउटा डिर्भोस केस थियो। उहाँले दोस्रो विवाह गर्नुभयो। तर महिनावारी बन्द भइसकेको थियो। उहाँहरूलाई बच्चाको चाहना भयो। उहाँलाई हामीले आइभिएफ प्रणालीबाट गर्भाधान गरायौं। सफल पनि भयौं। अर्को पनि यस्तै ४९/५० वर्षकै महिला हुनुहुन्थ्यो। उहाँको छोरा दुर्घटनामा मृत्यु भएको रहेछ। उहाँलाई पनि आइभिएफ प्रणालीबाट गर्भाधान गरेर पठाएका छौं।

पहिला पहिला गर्भधारण नगर्दा अनेक आरोप सहेर महिलाहरु घरमै बस्नु पर्ने अवस्था थियो। अहिले त्यो अवस्थामा बदलाव आएको छ। निसन्तानपनको उपचार हुन्छ भनेर सञ्चार माध्यम र सामाजिक सञ्जालले समुदायमा सन्द्येश पुर्‍याएका छन्। सामाजिक सञ्जालहरू टिकटक, फेसबुक लगायतका पेजहरूमा पनि जानकारीहरु दिइरहेका छौं। यस्तो सञ्जालबाट थाहा पाएर आउने विरामीहरु पनि धेरै हुनुहुन्छ। उहाँहरुले आएर भन्नुहुन्छ पहिला थाहा थिएन टिकटक, फेसबुक, इन्स्टाग्राम लगायतमा देखेर आएको भन्नुहुन्छ। त्यो उहाँहरुले राम्रोसँग हेरेर आउनुहुन्छ। उहाँहरू केही जानकार भएर आउनुहुन्छ र हामीलाई उहाँहरुले नै आफैं प्रश्न गर्नुहुन्छ।

यो ठूलो समयस्या होइन। पहिला पहिला यसलाई समस्याको रुपमा लिइन्थ्यो। पहिले आइभिएफ प्रक्रिया नेपालमा खासै थिएन। जसले गर्दा विदेश गएर गरौं भन्ने खालको धारणा थियो। तर अब त्यस्तो त्यस्तो अवस्था छैन। हाम्रोमा विदेशमा भन्दा स्तरीय र सुविधायुक्त आइभिएफ सेवा पाउन सक्नुहुन्छ। यहाँ मैले देखेको धेरै दम्पतिहरू आफै हुन्छ कि आफैं हुन्छ कि कुरौं न एक वर्ष दुई वर्ष तीन वर्षभन्दा १० वर्ष कुरेर बसेका हुन्छन्। त्यती लामो समयसम्म कुर्दा खेरी महिलाको अण्डा भन्डार पनि सुक्ने र पुरुषको शुक्रकिट पनि कम हुने हुन्छ। युवा उमेरमा नै उपचार गर्दा एउटा दबाइले बच्चा हुन्थ्यो भने प्रौढ हुँदै गएपछि त त्यसले काम गर्दैन। जस्तै २५ वर्षमा यो विधी अपनाउनु र ४० वर्षमा अपनाउनुमा त धेरै फरक हुन्छ। समयमै बच्चा भएन भने आफ्नो चेक जाँच चाहिँ गर्नुपर्छ। किनकि ठूलो र जटिल प्रोसेस गर्नुभन्दा छिट्टै सजिलै प्रक्रियाले पनि बच्चा हुन्छ।

कतिपयले विहे गरे पनि केही वर्ष पढौं, रोजगारी गरौं भनेर पर्खेका हुन सक्छन्। तर उनीहरुको उमेर कस्तो छ भन्ने कुरा महत्वपूर्ण हुन्छ। यो सामान्यतया २० देखि ३० वर्षसम्म चाहिँ एकदमै उर्वर उमेर समूह हो। जनसांख्यिक हिसाबले २४ देखि २९ वर्षलाई चाहिँ उर्वर समय मानेको छ। जागिर र पढाइको करियरलाई मात्र सम्झिने होइन। सँगसँगै आफ्नो परिवार योजना गर्दा राम्रो हुन्छ। अझ अब त शुक्रकिट फ्रिजिङको पनि सम्भावना पनि छ। यसमा महिलाको उमेर बढ्दै गयो भने जेनेटिक सिन्ड्रोम डाउनहरु आउन सक्छ। त्यसैले समय र प्रविधिले दिएका सुविधाहरु उपयोग गरेर आफ्नो सुन्दर परिवार निर्माणमा कसैले पनि ढिलो गर्नु हुँदैन भन्न मेरो सुझाव छ।

(डा.अर्चना हार्दिक आइभिएफ सेन्टर सिनामंगलमा कार्यरत हुनुहुन्छ।)