अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

वर्तमान सरकारलाई असफल हुने छुट छैन: महासचिव पोखरेल

वर्तमान सरकारलाई असफल हुने छुट छैन: महासचिव पोखरेल


काठमाडौं-नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरतालाई समाप्त पार्न नेपाली कांग्रेससँग सहकार्य गर्नु परेको बताउनु भएको छ।

नेपाल बुद्धिजीवी परिषद्को शनिबार यहाँ आयोजित छैटौं केन्द्रीय बैठकमा महासचिव पोखरेलले राजनीतिक स्थायित्वका निम्ति कांग्रेससँग गठबन्धन गर्नुपरेको बताउनु भयो। महासचिव पोखरेलले भन्नुभयो‘अब देशमा अस्थिरतालाई समाप्त पार्ने, राजनीतिक स्थायित्व कायम गर्ने तथा आवश्यकताअनुसार संविधान संशोधन गर्दै संरचनागत सुधारका लागि दुई ठूला पार्टी मिलेका हुन्। प्रमुख पार्टीले मिल्नु परेको हो।’

प्रमुख दुई पार्टी मिलेर बनेको वर्तमान सरकारलाई असफल हुने छुट छैन भन्दै महासचिव पोखरेलले सरकारलाई सफल बनाउन पार्टीका वरिष्ठ नेताहरुले सक्रियतापूर्वक आ-आफ्नो स्थानबाट भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले एमालेलाई अझ सुदृढ एवं संगठित बनाउन नेता तथा कार्यकर्ताको सहयोग आवश्यक भएको विचार व्यक्त गर्नुभयो।

परिषद्का अध्यक्ष प्रा.डा. दिनेशचन्द्र देवकोटाले अराजक गतिविधि रोक्न एमाले मात्र नभई सबै राजनीतिक दल र नागरिक समाज पनि लाग्नुपर्छ बताउनु भयो।