अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सडक सुरक्षा तथा यातायात व्यवस्थापनमा उच्च स्तरीय प्रविधिको उपयोग गर्न विज्ञहरुको सुझाव

सडक सुरक्षा तथा यातायात व्यवस्थापनमा उच्च स्तरीय प्रविधिको उपयोग गर्न विज्ञहरुको सुझाव


काठमाडौं-सडक सुरक्षा तथा यातायात व्यवस्थापनमा उच्च स्तरीय प्रविधिको उपयोग गर्नुपर्नेमा विज्ञहरुले सुझाव दिनुभएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आइतबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका वैज्ञानिकहरुसँग भएको छलफलमा उहाँहरुले प्रविधिको उपयोगबाट यातायात व्यवस्थापनका साथै सडक सुरक्षा सहज बनाउन सकिने बताउनु भएको हो।

सो क्रममा मन्त्री देवेन्द्र दाहालले सडक निर्माण मात्र नभई सुरक्षाको सवाल समेत जरुरी भएकाले मन्त्रालयले त्यस तर्फ पनि ध्यान दिएको बताउनुभयो। विभिन्न निकाय तथा विज्ञहरुसँग आवश्यक समन्वय गरि सडक सुरक्षालाई दर्विलो बनाउन र सेवाग्राहीहरुलाई सुरक्षित तथा सरल सेवा प्रवाह गर्न मन्त्रालय प्रतिवद्ध रहेको उहाँले बताउनुभयो। मन्त्री दाहालले सडक सुरक्षा, व्यवस्थान तथा सेवा प्रवाहलाई सरल पार्ने विषयमा कानूनी तथा नीतिगत जटिलताहरु भएमा त्यस्ता व्यवस्थाहरु सरल पार्न मन्त्रालय तत्पर रहेको समेत बताउनुभयो।

छलफलमा प्रतिष्ठानका सचिव रविन्द्रप्रसाद ढकालले विभिन्न राष्ट्रका विश्वविद्यालय एवम् प्राज्ञिक निकायहरुसँग सहकार्य गरि सडक सुरक्षा तथा यातायात व्यवस्थापनका क्षेत्रमा कार्य गर्न प्रतिष्ठान अग्रसर रहेको बताउनु भयो। यस्तै प्रतिष्ठानकै वरिष्ठ वैज्ञानिक सुरेशकुमार ढुङ्गेल, ईश्वर बज्राचार्य, प्राविधिक अधिकृत हरिराम श्रेष्ठ लगायत मन्त्रालयकै प्राविधिकहरु सहित मन्त्री दहालले सडक सुरक्षा तथा यातायात व्यवस्थापनमा प्रविधिको उपयोग बारे छलफल गर्नु भएको हो।

त्यस क्रममा विज्ञहरुले अन्तर्राष्ट्रिय निकाय, विश्वविद्यालय तथा सोहि प्रकारका अन्य प्रतिष्ठानहरुसँग सहकार्य गर्दा आवश्यक पर्ने नीतिगत एवम् कानूनी व्यवस्था सरल बनाई दिन आग्रह गर्नुभयो।