अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

सूर्यदर्शन सहकारी प्रकरण

रवि लामिछाने पत्नी निकितालाई पनि बनाइयो प्रतिवादी

रवि लामिछाने पत्नी निकितालाई पनि बनाइयो प्रतिवादी


काठमाडौँ-पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनसम्बन्धी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पत्नी निकिता पौडेललाई पनि प्रतिवादी बनाइएको छ।

पौडेललाई सम्पत्ति जफत गर्ने प्रयोजनको लागि प्रतिवादी बनाएर कास्की जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो। सम्पत्ति जफत प्रयोजनको लागि पौडेलसहित ५ जनालाई प्रतिवादी कायम गरिएको छ।

सम्पत्ति जफतका लागि निकितासँगै पद्‌मा बन्जाडे, रोचक जोशी, राधा पछाई, मिना पछाईलाई प्रतिवादी बनाइएको अभियोग पत्रमा उल्लेख छ। उनीहरूको हकमा अदालतबाटै कानुन बमोजिम हुने भनिएको छ।

रवि लामिछानेविरुद्ध संगठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुर कास्की जिल्ला अदालतमा ३ वटा मुद्दा दर्ता भएको छ।