अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सम्पती शुद्धिकरणमा मुद्धा परेपछि रवि लामिछानेलाई संसदबाट निलम्बन गर्न सभामुखलाई पत्र

सम्पती शुद्धिकरणमा मुद्धा परेपछि रवि लामिछानेलाई संसदबाट निलम्बन गर्न सभामुखलाई पत्र


काठमाडौं – रास्वपा सभापति तथा सांसद रवि लामिछानेलाई निलम्बन गर्न जिल्ला प्रहरी कार्यालय कास्कीबाट पठाइएको चिठी संसद् सचिवालयमा आइपुगेको छ ।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार आइतबार अबेला निलम्बन सिफारिसको चिठी आइपुगेको हो । समय घर्केकाले यसबारे सोमबार प्रक्रिया अघि बढ्ने गीरीले बतानउनुभयो । सहकारी ठगी, संगठित अपराधसँगै सम्पत्ति शुद्धीकरण अभियोगमा लामिछाने संलग्न रहेको भन्दै निलम्बन माग भएको हो ।