काठमाडौं-आइतबार लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शङ्कर पोखरेल र नेपाली कांग्रेसका नेता पूर्वसिँचाईमन्त्री एवं दाङ निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य दीपक गिरीले संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्रीप्रसाद पाण्डेलाई भेटेर टरीगाउँ विमानस्थल धावन मार्गको स्तरोन्नतिका लागि छलफल गर्नुभएको हो।
उहाँहरूले धावनमार्ग विस्तारका लागि बजेटका साथै जग्गा व्यवस्था गर्न अनुरोध गर्दै विमानस्थलको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) पनि प्रस्तुत गर्नुभएको थियो।
सो भेटमा उहाँहरुले विमानस्थलको धावन मार्ग विस्तारका लागि लाग्ने बजेट, आवश्यक जग्गा व्यवस्थापन लगायतका विषयमा छलफल गर्नुभएको छ । उहाँहरुले मन्त्रीलाई
डिपिआरको विस्तृत रिपोर्ट पनि पेशसँगै नेताहरूको छलफलपछि मन्त्री पाण्डेयले विमानस्थल विस्तारका लागि आवश्यक बजेट विनियोजनको प्रक्रिया अगाडि बढाइने जानकारी दिनुभयो ।
एमालेका महासचिव पोखरेलले दाङको विकासका लागि विमानस्थल अपरिहार्य भएको उल्लेख गर्दै टरीगाउँ विमानस्थलको धावनमार्ग विस्तार तत्काल गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले दाङको विकासका लागि यहाँ रहेका सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, उद्योगी, व्यवसायी, अन्य सरोकारवाला निकाय एवं आम सर्वसाधारण बीच साझा धारणा हुनुपर्ने बताउनुभयो। छलफलमा मन्त्रालयका सचिव, प्राधिकरणका डिजी, मन्त्रालयका योजना प्रमुख लगायतको उपस्थिति रहेको थियो ।
पूर्वमन्त्री गिरीका अनुसार विमानस्थल विस्तारका लागि रु.तीन अर्ब, ४२ करोड २८ लाख लाग्ने अनुमानसहित मन्त्री पाण्डेयसमक्ष डिपीआर प्रस्तुत गरिएको हो। सात सय ५० मिटर लामो धावनमार्गलाई एक हजार पाँच सय मिटरमा विस्तार गर्ने प्रस्ताव डिपीआरमा भएको छ।
छलफलमा मन्त्रालयका सचिव, प्राधिकरणका डिजी, मन्त्रालयका योजना प्रमुख लगायतकाे उपस्थिति रहेको थियो।
प्रतिक्रिया