अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

शक्ति समूहकी संस्थापक सुनिता दनुवारको मृत्यु

शक्ति समूहकी संस्थापक सुनिता दनुवारको मृत्यु


काठमाडौं-शक्ति समूहकी संस्थापक ‘टिप हिरो’ सुनिता दनुवारको आकस्मिक निधन भएको छ। मानव बेचबिखनविरुद्धकी अभियन्ता दनुवारको ४७ वर्षको उमेरमा सोमबार निधन भएको हो।

राति खाना खाएर सुतेकी दनुवार बिहान ५ बजे ओछ्यानमै मृत अवस्थामा भेटिएकी हु्न्। श्रीमानका अनुसार विहान ५ बजे आफू उठेर पसल जानुअघि सुनितालाई उठाउन खोज्दा नबोलेपछि शरीर छाम्दा चिसो भइसकेको र अस्पताल पुर्‍याउँदा मृत घोषणा गरेको बताउनु भयो। सुनिताका श्रीमान र एक छोरी छन् ।

आफै मानव बेचबिखनबाट पीडित उनी अहिले मानव बेचबिखनविरुद्धको अभियानमा सक्रिय हुनुहुन्थ्यो। २०५६ सालमा चरिमाया तामाङसहित बम्बैबाट उद्धार गरी नेपाल ल्यापछि उनीहरुकै पहलमा बेचबिखन प्रभावित महिलाहरुले स्थापना गरेको विश्वकै पहिलो मावनबेचबिखन विरुद्धको संस्था शक्ति समूह बनेको हो।

पछिल्लो समय उहाँ सुनिता फाउण्डेशन स्थापना गरेर सोही संस्थामार्फत बेचबिखन विरुद्ध क्रियाशील हुनुहुन्थ्यो। दनुवार अमेरिकी विदेश मन्त्रालयबाट २०१८ को ‘टिप हिरो’ को रूपमा सम्मानित हुनुभएको थियो । उहाँ विभिन्न अन्तराष्ट्रिय पुरस्कर प्राप्त गरेकी छन्।