अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस-एमालेको कार्यदल बनाएर संविधान संशोधनको प्रक्रिया प्रारम्भ गर्दैछौँ: गृहमन्त्री लेखक

कांग्रेस-एमालेको कार्यदल बनाएर संविधान संशोधनको प्रक्रिया प्रारम्भ गर्दैछौँ: गृहमन्त्री लेखक


काठमाडौं-गृहमन्त्री रमेश लेखकले संविधान संशोधनकाे प्रक्रिया सुरु गर्न लागेको बताउनु भएको छ।

मंगलवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले संविधान संशोधनको विषय छलफलमा अघि बढाउन प्रारम्भ गरेको जानकारी दिनुभयो। उहाँले संविधानका १० वर्षको अभ्यासका दौरानमा देखिएका संविधानका सबल र दुर्बल पक्षको समीक्षा गरेर मात्रै संविधान संशोधन हुने बताउनु भयो।

‘हामीले संविधान संशोधनको विषयलाई छलफलमा अघि बढाउन प्रारम्भ गरिसकेका छौँ,’ गृहमन्त्री लेखकले भन्नुभयो, ‘हामी संविधानका १० वर्षको अभ्यासका दौरानमा देखिएका संविधानका सबल र दुर्बल पक्षको समीक्षा गर्नेछौँ। संविधानमा समासामयिक रुपले परिमार्जन गर्नेछौँ।’

संविधानको संशोधन कुनै एउटा पार्टी वा दुई वटा पार्टीको निर्णयले नहुने भन्दै उनले केही दिनपछि  कांग्रेस र एमालेले संयन्त्र बनाइ संविधान संशोधनको पहल सुरु गर्ने जानकारी दिनुभयो।

‘संविधानको संशोधन कुनै एउटा पार्टी वा दुई वटा पार्टीको निर्णयले हुँदैन,’ गृहमन्त्री लेखकले भन्नुभयो, ‘हामी तत्कालै केही दिनपछि नेपाली कांग्रेस र नेकपा एमालेको जो दुई ठूला पार्टी सरकारमा छौँ। दुवैको एउटा संयुक्त कार्यदल बनाएर पनि संविधान संशोधनको छलफलको प्रक्रियालाई प्रारम्भ गर्दैछौँ। तर नेपाली कांग्रेस र नेकपा एमालेले मात्रै संविधान संशोधन गरेर संविधान संशोधन हुँदैन। दुई वटै पार्टी मिलेर गरेर पनि हुँदैन।’

गृहमन्त्री लेखकले सरकार संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्नेकुरामा प्रतिवद्ध रहेको समेत जिकिर गर्नुभयो।