काठमाडौँ-नेपाल कम्युनिष्ट पार्टी ९एमाले०को केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ। बैठक आज बिहान ११ बजे ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बस्न लागेको हो।
बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची, केन्द्रीय सङ्गठन विभागको सङ्गठन विस्तार योजनाबारे छलफल हुने एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो।
त्यस्तै, बैठकमा स्थानीय तह उपनिर्वाचन र सरकारको कामको समीक्षा साथै पार्टीको सांगठनिक कामको पनि समीक्षा गरिने प्रचार विभाग प्रमुख गौतमले बताउनुभयो।
बैठकले समसामयिक राजनीतिक विषय तथा आगामी केन्द्रीय कमिटी बैठकको मिति र एजेण्डा तय गर्नेछ ।
एमालेले यही पुस २० र २१ गते केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको छ । तर औपचारिक घोषणा भने गरेको छैन । यसअघि एमाले केन्द्रीय कमिटीको बैठक गत असारमा बसेको थियो । एमाले विधानअनुसार केन्द्रीय कमिटी बैठक प्रत्येक ६ महिनामा बस्नुपर्ने प्रावधान छ।
प्रतिक्रिया