अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सहकारी ठगीमा संलग्न सबैमाथि छानबिन हुन्छ: सञ्चारमन्त्री गुरुङ

सहकारी ठगीमा संलग्न सबैमाथि छानबिन हुन्छ: सञ्चारमन्त्री गुरुङ


काठमाडौं-सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी ठगी प्रकरणमा संलग्न सबैमाथि छानबिन हुने बताउनुभएको छ।

बुधबार काठमाडौंमा आयोजित तमु पत्रकारिता पुरस्कार वितरण तथा गुरुङ न्युज डटकम पत्रिका लोकार्पण कार्यक्रममा बोल्दै सहकारी ठगीमा संलग्नलाई कुनै दलमा आबद्ध भएको कारण छाड्न नसकिने बताउनुभयो। ‘सहकारीको अव्यवस्थाको समस्या अत्यन्त धेरै देखियो, एक पछि अर्को समस्या उधिनिँदै छ’, सञ्चारमन्त्री गुरुङले भन्नुभयो।

मुलुकको सुरक्षा, आर्थिक विकास समृद्धिको लागि सरकारले काम गर्नुपर्ने उहाँले बताउनुभयो। एआईको प्रयोग सम्बन्धी पोलिसी ल्याएर त्यस लगत्तै कानुन निर्माण गर्ने जानकारी दिनुभयो। आफ्नो कार्यकालमा नेपालको सञ्चार र सूचना प्रविधिको क्षेत्रमा व्यवस्थित परिस्थिति निर्माण गरेर छाड्ने सञ्चारमन्त्री गुरुङले बताउनु भयो। ‘मुलुकको सुरक्षाको लागि आर्थिक विकासको लागि र राजनीतिक प्रतिविद्धताको लागि हामीले काम गर्नुपर्ने हुन्छ, तर केही काम भएको छैन, यो वर्ष म त्यहाँ हुँदासम्म सबै काम गरेर नै छोड्छु’, सञ्चारमन्त्री गुरुङले भन्नुभयो।

सूचना पाउनु हरेक नागरिकको आधारभूत अधिकार भएको बताउँदै उहाँले सूचनाको अधिकारलाई कुनै पनि अवस्थामा कुण्ठित गर्नु नहुने बताउनुभयो। यसलाई व्यवस्थित बनाउन लाग्नु पर्ने उहाँको भनाइ छ।