अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको सचिवालय बैठक च्यासलमा, केन्द्रीय कमिटी बैठकको मिति तोक्ने

एमालेको सचिवालय बैठक च्यासलमा, केन्द्रीय कमिटी बैठकको मिति तोक्ने


काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ। बैठक केहीबेर अघि ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा सुरु भएको हो।

बैठक आज बिहान ११ बजेका लागि बोलाइएको थियो तर प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यव्यवस्ताको कारणले बैठक बस्न ढिलाइ भएको हो।

बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची, केन्द्रीय सङ्गठन विभागको सङ्गठन विस्तार योजनाबारे छलफल हुने एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो।

बैठकले समसामयिक राजनीतिक विषय तथा आगामी केन्द्रीय कमिटी बैठकको मिति र एजेन्डा तय गर्ने छ।

एमालेले पुस महिनाभित्रै केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको छ।अब बस्ने केन्द्रीय कमिटी बैठकमा स्थानीय तह उपनिर्वाचन र सरकारको कामको समीक्षा हुनेछ। त्यस्तै पार्टीको सांगठनिक कामको पनि समीक्षा हुनेछ।

मंसिर १६ गते ४४ स्थानमा भएको स्थानीय तह उपनिर्वाचनमा पार्टीले सन्तोषजनक परिणाम हासिल गर्न नसकेको एमालेको प्रारम्भिक विश्लेषण छ। यद्यपि उसले निर्वाचन भएका जिल्ला र प्रदेश कमिटीबाट समेत समीक्षा प्रतिवेदन मागेको छ।