अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

६७ जना सवार जहाज कजाकिस्तानमा दुर्घटना

६७ जना सवार जहाज कजाकिस्तानमा दुर्घटना


काठमाडौँ-कजाकिस्तानको अक्ताउ शहरमा बुधबार यात्रुवाहक विमान दुर्घटना परेको छ। प्रारम्भिक रिपोर्ट अनुसार दुर्घटनामा केही मानिस हताहती भएको बताइएको छ। स्थानीय अधिकारीका अनुसार जहाजमा ६७ जना यात्रु सवार थिए।

कजाकिस्तानका आपत्कालीन मन्त्रीका अनुसार विमान दुर्घटना भएको स्थानमा पुग्न उद्धार टोलीले प्रयास गरिरहेको छ।

समाचार एजेन्सी रोयटर्यले रुसी समाचार एजेन्सीलाई हवाला दिँदै लेखेको छ, ‘जहाज अजरबैजान एयरलाइन्सको हो। जुन जहाज बाकुबाट रूसको चेचन्यास्थित ग्रोज्नीतर्फ जाँदै थियो। तर, बाक्लो हुस्सुका कारण उक्त विमानको रुट परिवर्तन गरिएको थियो।’

अजरबैजान एयरलाइन्सको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।