अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भीम रावल एमालेबाट निष्काशित, उषाकिरण र बिन्दालाई ६ महिना निलम्बन

भीम रावल एमालेबाट निष्काशित, उषाकिरण र बिन्दालाई ६ महिना निलम्बन


काठमाडौं-नेकपा (एमाले)ले पार्टीका तीन जना नेताहरूलाई कारबाही गरेको छ। आज पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकले पार्टीका पूर्वउपाध्यक्ष डा. भीम रावललाई पार्टीको संगठित सदस्यबाट हटाएको हाे।

बैठकले स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डे र केन्द्रिय कमिटी सदस्य उषाकिरण तिमल्सिनाको जिम्मेवारी समेत खोसेको छ। पार्टीको भवन निर्माणको सन्दर्भमा विधानभन्दा बाहिर गएर अभिव्यक्ति दिएको भन्दै दुवैजनामध्ये पाण्डेलाई स्थायी कमिटीबाट र तिमल्सिनालाई केन्द्रिय कमिटीबाट ६ महिनाका लागि निलम्वित गरिएको पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो।

उपमहासचिव ज्ञवालीले भन्नुभयो, ‘पार्टी स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनालाई हामीले स्पष्टीकरण सोधेका थियौँ। तर उहाँहरूले गल्ती स्वीकारेको देखिएन। पार्टीको निर्देशनमा चल्न थप निर्देशन गर्दै उहाँहरूको जिम्मेवारी ६ महिनाका लागि स्थगित गरिएको छ। पार्टीका पूर्वउपाध्यक्ष रावलले पार्टीभित्र दिइएको जिम्मेवारी निर्वाह नगरेको भन्दै पार्टीको साधारण सदस्यबाट निस्काषन गर्ने निर्णय भएको छ।’

पार्टीलाई निरन्तर कमजोर बनाउने अभिव्यक्ति दिएका कारण रावललाई संगठित सदस्यबाट मुक्त गरिएको ज्ञवालीले जानकारी दिनुभयो।

बैठकले सरकारको काम कारवाहीका सन्दर्भमा सन्तुष्ट रहेको भन्दै सरकारका काममा गति ल्याउनु पर्ने आवश्यकताबोध गरेको उपमहासचिव ज्ञवालीले जानकारी दिनुभयो। वर्तमान सरकारका कारण आर्थिक अवस्था सुुधार हुँदै गएको, अन्तराष्ट्रिय सम्बन्ध सुदृढ हुदै गएको उहाँले बताउनु भयो।

उपमहासचिव ज्ञवालीले बैठकमा पार्टी केन्द्रीय कमिटिको आठौँ बैठक यही पुस २१ र २२ गते केन्द्रीय कार्यालय काठमाडौंमा गर्ने निर्णय भएको समेत बताउनुभयो। उहाँले केन्द्रिय कमिटि बैठकमा राजनीतिक प्रतिवेदन, संगठनात्मक कामहरुबारे जानकारी, विगतमा सचिवालय र स्थायी कमिटिले गरेका निर्णयहरुको अनुमोदन एजेण्डा तय गरेको समेत बताउनु भयो।

उपमहासचिव ज्ञवालीले बैठटकमा सरकारको पाँच महिनाको कार्यप्रगतिबारे समेत समिक्षा गरिएको बताउनु भयो । बैठकले सरकार सही दिशामा अगाडि बढेको बैठकले निष्कर्ष निकालेको बताउनु भयो । उहाँले सरकार अझै राम्रो दिशामा अगाडि बढनुपर्ने आवश्यता बोध गरिएको उल्लेख गर्नुभयो ।