काठमाडौं-नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक २०८१ पुस २१ र २२ गते बस्ने भएको छ। आज पार्टी मुख्यालय च्यासल, ललितपुरमा बसेको सचिवालय बैठकले यही पुस २१ र २२ गते केन्द्रीय कमिटी बैठक बस्ने निर्णय गरेको हाे।
बुधबार बसेको सचिवालय बैठकले बैठककको मिति तय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, ‘२०८१ पुस २१ र २२ गते बस्ने केन्द्रीय कमिटी बैठकमा स्थानीय तह उपनिर्वाचन र सरकारको कामको समीक्षा हुनेछ। त्यस्तै पार्टीको सांगठनिक कामको पनि समीक्षा हुनेछ।’
काठमाडौँमा बस्ने बैठकमा राजनीतिक प्रतिवेदन समेत पेस हुने उहाँले जानकारी दिनुभयो। बैठकका लागि ४ वटा एजेन्डा समेत तय गरिएको छ। उमहासचिव ज्ञवालीका अनुसार केन्द्रीय कमिटी बैठकका एजेन्डाहरुमा राजनीतिक प्रतिवेदन, संगठनात्मक काम, सचिवालय, स्थायी किमटी र पोलिटब्युरोले गरेका निर्णयको अनुमोदन र समसामयिक प्रस्तावहरु राखिएका छन्।
२०८१ मंसिर १६ गते ४४ स्थानमा भएको स्थानीय तह उपनिर्वाचनमा पार्टीले सन्तोषजनक परिणाम हासिल गर्न नसकेको एमालेको प्रारम्भिक विश्लेषण छ। यद्यपि उसले निर्वाचन भएका जिल्ला र प्रदेश कमिटीबाट समेत समीक्षा प्रतिवेदन मागेको छ।
प्रतिक्रिया