काठमाडौं-प्रहरी प्रधान कार्यालयले लामो समयदेखि बिना जानकारी सम्पर्कविहीन दुई सहायक हवल्दारसहित ३० जना प्रहरीलाई हाजिर हुन निर्देशन दिएको छ ।
कार्यालयको कानुन शाखाले बिहीबार सूचना जारी गर्दै एक साताभित्र सम्पर्कमा नआए उनीहरूलाई सेवाबाटै हटाइने चेतावनी दिएको हो । दुई प्रहरी सहायक हवल्दार र प्रहरी जवानसहित ३० प्रहरी झण्डै तीन महिनादेखि आफूखुशी गैरहाजिर रहेको कार्यालयले जनाएको छ ।
गैरहाजिर हुनेमा प्रहरी सहायक हवल्दारद्वय सुन्दर सेन र वुद्धिमान तामाङसहितका प्रहरी रहेका प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।
प्रतिक्रिया