अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

भोलि र पर्सि देशका अधिकांश ठाउँमा पानी र हिउँ पर्ने सम्भावना

भोलि र पर्सि देशका अधिकांश ठाउँमा पानी र हिउँ पर्ने सम्भावना


काठमाडौँ-जल तथा मौसम विज्ञान विभागले शुक्रबार अपराह्नदेखि शनिबार नेपालका धेरै भागमा मौसम बदली हुने बताएको छ। बिहीबार विभागले विशेष बुलेटिन जारी गर्दै पश्चिमी न्यून चापीय प्रणालीका कारण शुक्रवार साँझबाट नेपालको धेरै स्थानहरूमा आंशिक देखि साधरणतया बदलीको सम्भावना रहेको जनाएको हो। 

विभागले सो प्रणालीको प्रभावका कारण शनिवारसम्म सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका अधिकांश स्थानसहित गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात समेत हुनसक्ने जनाएको छ। 

साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरू र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा तथा गण्डकी प्रदेश, बागमती प्रदेश, मधेस प्रदेश र कोशी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।