काठमाडौं-हाल देशमा पश्चिमी वायुसँगै पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक छ। जसको प्रभावस्वरुप यतिबेला (शुक्रबार बिहान) सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली छ। देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अहिले तराई तथा उपत्यका क्षेत्रका थोरै स्थानमा हुस्सु र कुहिरोको लागेको छ।
आज सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थान र गण्डकी र कोशी प्रदेशका एकदुई स्थानमा आज हल्का हिमपातको पनि सम्भावना रहने छ।
बिहानको समयमा देशका तराई तथा उपत्य क्षेत्रमा हुस्सु र कुहिरोको समेत सम्भावना रहेको कारण यसबाट दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा क्षणिक र आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले सबैलाई अनुरोध गरेको छ।
प्रतिक्रिया