अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष प्रचण्डले अस्थिरताको बीउ रोपेको एमाले महासचिव पोखरेलको आरोप

अध्यक्ष प्रचण्डले अस्थिरताको बीउ रोपेको एमाले महासचिव पोखरेलको आरोप


काठमाडौँ-नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा अस्थिरताको बीउ रोपेको आरोप लगाउनु भएको छ।

पुस १२ गते शुक्रबार चितवनमा प्रेस चौतारी नेपाल चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले अस्थिरतालाई अध्यक्ष प्रचण्डले विशेषता बनाउन थालेकाले ठूला दलबीच गठबन्धन गर्नुपरेको समेत बताउनु भयो। 

३२ सिटले चमत्कार गर्छ भन्दै जनतामा भ्रम छर्न खोजेपछि जनताले अस्वीकार गरेका दलले शासन गर्ने प्रवृतिलाई अन्त्य गरिएको महासचिव पोखरेलले बताउनु भयो। उहाँले ठूला दलको गठबन्धन सरकारका लागि मात्रै नभइ मुलुकको स्थायित्व र विकासका लागि भएको जिकिर गर्नुभयो। अहिले ठूला दल मिलेर सरकार बनाए पनि आगामी निर्वाचनमा एक्लाएक्लै प्रतिष्पर्धा गर्ने उहाँले बताउनुभयो।

महासचिव पोखरेलले पार्टीको मूल्य मान्यता र अनुशासनभित्र बस्न नसकेको कारण भीम रावललाई सदस्यबाट निष्कासित गर्नुपरेको बताउनुभयो । पार्टीले स्पष्टीकरण सोध्दा समेत त्यसलाई नेता रावलले बेवास्ता गर्नुभएको महासचिव पोखरेलले बताउनुभयो।