काठमाडौँ-पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएकामा गहिरो शोक व्यक्त गर्नुभएको छ।
‘मित्रराष्ट्र भारतका पूर्वप्रधानमन्त्री डा सिंहको निधनको खबरले म अत्यन्त दुःखी भएको छु,’ सामाजिक सञ्जाल ट्वीटरमा लेख्नुहुँदै पूर्वराष्ट्रपति भण्डारीले नेपाल र भारतको आपसी हितका विषयमा सिंहसँग भएका संवाद सम्झिरहेको उल्लेख गर्नुभएको छ।
‘भारतको अर्थतन्त्र सुधारका शिल्पकारसमेत मानिनुहुने प्रख्यात अर्थशास्त्री, शालिन व्यक्तित्वका धनी डा.सिंहको निधनबाट नेपालले एक सच्चा मित्र गुमाएको छ । स्वर्गीय सिंहप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारमा समवेदना प्रकट गर्दछु’, उहाँले ट्वीटरमा लेख्नुभएको छ। सिंहको ९२ वर्षको उमेरमा बिहीबार निधन भएको छ।
प्रतिक्रिया