अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

हुम्लामा हिमपात (फोटोफिचर)

हुम्लामा हिमपात (फोटोफिचर)


सिमकोट-हिमाली जिल्ला हुम्लासहित कर्णालीका उच्च जिल्लामा शुक्रबार रातिदेखि हिमपात भइरहेको छ । शुक्रबार दिउँसो घाम नलागेर मौसममा आएको फेरबदलले बाक्लो बादल लागेका कारण रातिदेखि हिमपात भएको हो। शनिबार बिहान सदरमुकाम सिमकोटमा चार इञ्च हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकामा दुई फिटसम्म हिउँ परेको बताइएको छ। हुम्लामा तेस्रो पटक हिमपात हुँदा किसानलाई राहत मिलेको स्थानीय गौगोरा बोहराले बताउनुभयो। यतिबेला परेको हिउँले जेठासी बालीको उत्पादन राम्रो हुने हुम्लाका किसानको भनाइ छ।

यस्तै सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकामा जनजीवन प्रभावित बनाएको छ । शनिबार बिहान हिमपात भइरहेकाले यहाँका स्थानीय चिसोले घर बाहिर निस्कन नसकेको बताइएको छ । हिमपात हुँदा यहाँको तापक्रम माइनसमा झरेको छ । यस्तै अन्तर जिल्ला जोड्ने एकमात्रै हवाई सेवा अवरुद्ध भएको छ । हिमपात भइरहेकाले हवाई सेवा अवरुद्ध भएको हो ।

हुम्लामा शुक्रबारदेखि हिमपात भएपछि हिउँले ढाकिएको सिमकोट गाउँपालिका–५ तल्लो गाउँपालिकाको बस्ती ।
हुम्लामा शुक्रबारदेखि हिमपात भएपछि सदरमुकाम सिमकोट बजार क्षेत्रको सडकमा हिउँले ढाकिएका सवारीसाधन ।
हुम्लामा शुक्रबारदेखि हिमपात भएपछि हिउँले ढाकिएको सिमकोट गाउँपालिका–५ तल्लो गाउँपालिकाको बस्ती ।
तस्बिर : रासस