काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न कार्यक्रममा सहभागी हुनुहुने भएको छ। प्रधानमन्त्री ओली आज विभिन्न कार्यक्रममा सहभागी हुने प्रधानमन्त्री सचिवालयले जनाएको छ।
आज त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा ५०औँ दीक्षान्त समारोह आयोजना गरिएको छ। सोही दीक्षान्त समारोहमा प्रधानमन्त्री ओली बिहान ११:३० बजे सहभागी हुने कार्यक्रम रहेको छ।
समारोहमा यस पटक १४ हजार ३०८ विद्यार्थी दीक्षित सहभागी हुँदै छन्। सोही संख्यामा अभिभावकको समेत सहभागिता हुनेछ। गत वर्षभन्दा यस पटक दुई हजार भन्दा बढी विद्यार्थी दीक्षित हुने छन्। स्नातकतर्फ ९ हजार ६८, स्नातकोत्तर पाँच हजार ५५, एमफिलतर्फ ६३ र विद्यावारिधि(पिएचडी) तर्फ १२२ जना विद्यार्थी दीक्षित हुँदै छन्।
समारोहमा २०८० असारदेखि २०८१ असार मसान्तसम्म पास भएका ७४ हजार १४९ विद्यार्थीसहित ६२औँ ग्रेस लिष्टमा भएका विद्यार्थीसमेत दीक्षित हुँदै छन्। समारोहमा विभिन्न १७ वटा विधिका पुरस्कार वितरण गरिने छ।
यसैगरी, दिउँसो ३:०० बजे काठमाडौंको वसन्तपुरमाकपा (एमाले) महानगर कमिटीको तुच्चा कार्यक्रममा सहभागी हुने प्रधानमन्त्री सचिवालयले जनाएको छ।
प्रतिक्रिया