अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

प्रधानमन्त्री ओली पर्सामा पुग्दा भव्य स्वागत (तस्वीरहरु)

प्रधानमन्त्री ओली पर्सामा पुग्दा भव्य स्वागत (तस्वीरहरु)


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओली पर्सा पुग्नुभएको छ। पर्साको सखुवा प्रसौनी गाउँपालिकाका पूर्व अध्यक्ष प्रदीप जयसवाल लगायतलाई नेकपा एमालेमा प्रवेश गराउन निम्ति पुग्नुभएको हो। प्रधानमन्त्री ओली पर्सामा पुग्दा नेता तथा कार्यकर्ता र स्थानीयले  भव्य स्वागत गरेका थिए।

नेकपा एमालेका अध्यक्ष समेत रहनुभएका ओलीले पर्साको सखुवा प्रसौँनी गाउँलिकाका पूर्व अध्यक्ष प्रदीप लगायतलाई एमालेमा प्रवेश गराउनुभएको छ।

एमालेको पर्सा जिल्ला कमिटीद्वारा सो गाउँपालिकाको वडा-२, औराहा पञ्चगावामा आयोजित बृहत् पार्टी प्रवेश तथा जनसभा कार्यक्रममा जयसवालसहित करीब पाँच हजार नेता कार्यकर्ता एमालेमा प्रवेश गर्नुभएको हो। जयसवाल यसअघि जनता समाजवादी पार्टी नेपालमा हुनुहुुन्थ्यो। कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य उर्मिला महतो, नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबाट पनि एमालेमा प्रवेश भएको थियो।